
लण्डन । हाइपर फण्ड (हाल हाइपर भर्स) का नाममा नेटवर्किङ खडा गरेर ठगी गरिएको आरोपमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को लामो अनुसन्धानपछि मंगलबार जिल्ला अदालतमा ६३ जनाविरुद्ध ठगीको कसुरमा मुद्दा गरिएको अनलाइनखबरले समाचार छापेको छ ।
५८ जनाबाट ७ करोड ७२ लाख ८५ हजार ९२१ रुपैयाँ ठगी भएको दाबी गर्दै सोही अनुसारको बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।
मुद्दा दर्ता गरिएकामध्ये ६१ जना फरार छन् । २ जना भने पक्राउ प्रतिवादी बनेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलकी ५१ वर्षीया काजल भनिने नानु घिमिरे र लमजुङको बेसीशहर नगरपालिका–११ का ३७ वर्षीय कृष्णकान्त भण्डारी छन् । बाँकी ६१ जना भने फरार छन् ।
संगठित रुपमा ठगी गरेको आरोपमा सीआईबीले घिमिरेलाई २० वैशाखमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनी पक्राउ परेपछि कृष्णकान्त पक्राउ परेका थिए । संगठित अपराधको कसुरमा ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्दा यो ठगी प्रकरणमा ६३ जनाको संलग्नता खुलेको हो ।
घिमिरे सहितको समूहले तेब्बरसम्म कमाइ हुने आश्वासन दिएर सर्वसाधारणलाई ‘हाइपर भर्स’ मा रकम हाल्न लगाएर पिरामिड शैलीमा ठगी गरिएको थियो ।
प्रहरीका अनुसार हाइपर भर्सको लिंक र जुम मिटिङको आईडी र पासवर्ड दिएपछि साइटमा प्रवेश गरेर मिटिङमा समावेश गराइन्छ । त्यसपछि हाइपर भर्स नामक ‘ब्लक चेन टेक्नोलोजी’ कम्पनीका मुख्य सञ्चालक काजल, रोशन भन्ने देवीप्रसाद पोखरेल, ललितकुमार न्यौपाने, कुमार गुरुङ, मोदनाथ बेल्वासे, योगेन्द्र मिलन छन्त्याल, चन्द्रकुमार लिम्बू तुम्बाहाम्फे, रेनु माया तामाङ, कृष्ण कान्त भण्डारी, देवेन्द्र गौतमलगायतका व्यक्तिले जुम मिटिङमार्फत हाइपर भर्समा लगानी गर्न काउन्सिलिङ गर्ने गरेको खुलेको थियो ।
हाइपर भर्समा लगानी गर्दा १ हजार डलरको ३ हजार डलर बराबर अर्थात तेब्बर आम्दानी हुने भन्दै विश्वास दिलाएर नेपाल तथा विदेशमा रहेका व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई संगठित रूपमा ठगी गरेको पाइएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा