
लण्डन । बेलायतको नेपाली समुदायमा तीन वर्षदेखि हुँदै गरेको ए-स्टार नेपलिज बास्केटबल लिगको यसवर्षको उपाधि डीबीएस हेज एण्ड हार्लिङटनले हात पारेको छ ।
ग्रीनफोर्ड नाइट्सलाई हराउँदै डीबीएस हेज च्याम्पियन बनेको हो । डीबीएसले गतवर्ष पनि उपाधि जितेको थियो ।
यही जुन २२ तारिखका दिन ब्रुनेल युनिभर्सिटी स्पोर्ट्स सेन्टर लण्डनमा दुई टीमबीच फाइनल खेल भएको थियो ।
सो अवसरमा नेपाली बास्केटबल टीमका पूर्व खेलाडीहरू मनोज शेरचन, आयुष सिंह, विनोद श्रेष्ठ, अमिर घले र निर्मल गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै ह्वीलचेयर बास्केटबल खेलाडी दिपेश विश्वकर्मालाई पनि स्वागत गरिएको थियो । विश्वकर्मा बेलायतमा बसोबास गर्न थालेका छन् ।
कार्यक्रममा नेपाली दुताबास बेलायतका द्वीतीय सचिव रामबाबु नेपाल, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगर, काउन्सिलरहरू लक्ष्य गुरुङ र विष्णु गुरुङ, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, मगर संघ युकेकी अध्यक्ष श्रीमती सीता पुन, १३ वटा हिमाल आरोहण गरिसकेका तेजन गुरुङ, फर्कीफर्की चलचित्रका अभिनेता आशिक गुरुङ, हिरोपन्थी चलचित्रका अभिनेता प्रदीप गुरुङ लगायत अतिथिका रूपमा रहेका थिए ।
समापन कार्यक्रम नेपलिज बास्केटबल एसोसिएन युकेका अध्यक्ष रूपक गुरुङको अध्यक्षतामा र सृजना गुरुङको सन्चालनमा भएको थियो ।
जनवरीबाट शुरु भएको यस सिजनको लिगमा ११ वटा टीमले भाग लिएका थिए । ११ वटा टीमबाट शुरुको चरणमा लिग खेलाइएको थियो जसबाट छानिएका आठ वटा टीमका बीचमा नकआउट खेल भएपछि यी दुई टीम फाइनलमा पुगेका हुन् ।
विजेता टोलीले रनिङ शिल्ड र खेलाडीहरूले ट्रफी पाएका थिए ।
खेलको टाइटल एस्टार फाइनान्सियल सोल्यूसन्सले स्पोन्सर गरेको थियो भने अन्य स्पोन्सरहरूमा बल ड्रिभन, नेपाल फूडस, गोर्खा कन्सट्रक्सन, हेयज नेपलिज सेन्टर र सिलाज किचन रहेका थिए ।

बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा