
काजाब्लान्का क्यासेल्लो । अधिकार सहितको पहिचान सम्पूर्ण तमुहरुको साझा अभियान मूल नारालाई आत्मसात गर्दै तमु समाज र तमु धीं बेल्जियमबीच एकता भएको छ ।
सन् २००० मा तमु समाज र २०१७ मा तमु धीँ स्थापना भई अलगअलग रूपमा बेल्जियममा सकृय थिए । सोही समयदेखि तमु समाजको तर्फबाट एकताको लागि पहल गर्दै आएका अध्यक्षद्वय होम तमु र संगीता गुरुङ, बालेन्द्र गुरुङ, नन्दराज घले, प्रबिना गुरुङ, नन्दाकुमारी गुरुङ, ओमराज गुरुङ, मेख गुरुङ, मनिष गुरुङ, संजय गुरुङ मध्यस्थताको भूमिका निर्वाह गर्ने सिक्लेस पार्चे कल्याण कोषका अध्यक्ष ओमप्रसाद तमु, गमबहादुर तमु, चन्द्र कुमारी गुरुङ, नारायण गुरुङ लक्जेम्बर्ग, नविन गुरुङ, मिन गुरुङ, श्रीप्रसाद गुरुङलगायत अहम भूमिकाका कारण एकता सम्भव भएको हो ।
दुवै पक्ष तमु धीँ र तमु समाज बेल्जियमको संयुक्त वार्षिक साधारण सभा गर्ने सहमति भई वार्षिक अधिवेशनमा हात मिलाएर अंकमाल गर्दै एकता भएको घोषणा बेल्जियमको अन्तोर्पेन शहरमा गरिएको थियो । अधिवेशनमा बेल्जियममा रहेको दुई तमु संस्था एकता भई बेल्जियममा तमु जातिको एउटै मात्र संस्था तमु समाज बेल्जियम रहने घोषणा गरिएको थियो ।
अधिवेशनमा राम घलेले सबैलाई स्वागत गर्नु भएको थियो भने तमु राष्ट्रिय मुक्ति मोर्चा यूरोप इन्चार्ज मनिष गुरुङ, गैर आवासीय नेपाली संघ बेल्जियमका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस बेल्जियमका पूर्व सभापति प्रेम गुरुङ, नेकपा एमालेको भात्रृ संगठन लोकतान्त्रिक तमु संघ केन्द्रिय उपाध्यक्ष (प्रवास) गमबहादुर गुरुङ, संरक्षक विमल लिम्बु, गैर आवासीय नेपाली संघ लक्जेम्बर्गका संस्थापक अध्यक्ष नारायण गुरुङ, प्रवासी मंच बेल्जियमका निवर्तमान अध्यक्ष चन्द्र कुमारी गुरुङ (ईशा) लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।
सस्थाका महासचिव चित्रजंग गुरुङले संचालन गरेको कार्यक्रममा इश्वरी गुरुङले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।
स्मरण रहोस् तमु धीँ अध्यक्ष संगीता गुरूङ र जानकी गुरूङ तमु समाज बेल्जियमका संस्थापक महिला सदस्य हुन् भने तमु धीँको सबै पूर्व अध्यक्षले तमु समाजका पूर्व अध्यक्षको मान्यता पाउने पनि अधिवेशनले पारित गरेको छ ।
बेल्जियममा रहेका नेपाली संस्थाहरूमध्ये सबैभन्दा पुरानो तमु संस्थाको रूपमा स्थापित तमू समाज एकता पछि अब सशक्त रूपमा काम गर्ने बताइएको छ । अधिवेशनको सभापतित्व अध्यक्ष होम गुरुङले गरेका थिए एकता घोषणा भने अध्यक्षद्वय होम गुरुङ र संगीता गुरुंगले संयुक्त रूपमा गरेका थिए ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र