
काजाब्लान्का क्यासेल्लो । अधिकार सहितको पहिचान सम्पूर्ण तमुहरुको साझा अभियान मूल नारालाई आत्मसात गर्दै तमु समाज र तमु धीं बेल्जियमबीच एकता भएको छ ।
सन् २००० मा तमु समाज र २०१७ मा तमु धीँ स्थापना भई अलगअलग रूपमा बेल्जियममा सकृय थिए । सोही समयदेखि तमु समाजको तर्फबाट एकताको लागि पहल गर्दै आएका अध्यक्षद्वय होम तमु र संगीता गुरुङ, बालेन्द्र गुरुङ, नन्दराज घले, प्रबिना गुरुङ, नन्दाकुमारी गुरुङ, ओमराज गुरुङ, मेख गुरुङ, मनिष गुरुङ, संजय गुरुङ मध्यस्थताको भूमिका निर्वाह गर्ने सिक्लेस पार्चे कल्याण कोषका अध्यक्ष ओमप्रसाद तमु, गमबहादुर तमु, चन्द्र कुमारी गुरुङ, नारायण गुरुङ लक्जेम्बर्ग, नविन गुरुङ, मिन गुरुङ, श्रीप्रसाद गुरुङलगायत अहम भूमिकाका कारण एकता सम्भव भएको हो ।
दुवै पक्ष तमु धीँ र तमु समाज बेल्जियमको संयुक्त वार्षिक साधारण सभा गर्ने सहमति भई वार्षिक अधिवेशनमा हात मिलाएर अंकमाल गर्दै एकता भएको घोषणा बेल्जियमको अन्तोर्पेन शहरमा गरिएको थियो । अधिवेशनमा बेल्जियममा रहेको दुई तमु संस्था एकता भई बेल्जियममा तमु जातिको एउटै मात्र संस्था तमु समाज बेल्जियम रहने घोषणा गरिएको थियो ।
अधिवेशनमा राम घलेले सबैलाई स्वागत गर्नु भएको थियो भने तमु राष्ट्रिय मुक्ति मोर्चा यूरोप इन्चार्ज मनिष गुरुङ, गैर आवासीय नेपाली संघ बेल्जियमका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस बेल्जियमका पूर्व सभापति प्रेम गुरुङ, नेकपा एमालेको भात्रृ संगठन लोकतान्त्रिक तमु संघ केन्द्रिय उपाध्यक्ष (प्रवास) गमबहादुर गुरुङ, संरक्षक विमल लिम्बु, गैर आवासीय नेपाली संघ लक्जेम्बर्गका संस्थापक अध्यक्ष नारायण गुरुङ, प्रवासी मंच बेल्जियमका निवर्तमान अध्यक्ष चन्द्र कुमारी गुरुङ (ईशा) लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।
सस्थाका महासचिव चित्रजंग गुरुङले संचालन गरेको कार्यक्रममा इश्वरी गुरुङले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।
स्मरण रहोस् तमु धीँ अध्यक्ष संगीता गुरूङ र जानकी गुरूङ तमु समाज बेल्जियमका संस्थापक महिला सदस्य हुन् भने तमु धीँको सबै पूर्व अध्यक्षले तमु समाजका पूर्व अध्यक्षको मान्यता पाउने पनि अधिवेशनले पारित गरेको छ ।
बेल्जियममा रहेका नेपाली संस्थाहरूमध्ये सबैभन्दा पुरानो तमु संस्थाको रूपमा स्थापित तमू समाज एकता पछि अब सशक्त रूपमा काम गर्ने बताइएको छ । अधिवेशनको सभापतित्व अध्यक्ष होम गुरुङले गरेका थिए एकता घोषणा भने अध्यक्षद्वय होम गुरुङ र संगीता गुरुंगले संयुक्त रूपमा गरेका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान