
लन्डन । एनआरएनए यूकेले बेलायतका लागि नेपाली राजदूत गोर्खा समुदायबाट नियुक्त गर्न माग गरेको छ ।
संघले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इमेलमार्फत एक पत्र पठाउंदै अब बेलायत पठाउने राजदूत समान व्यवहार गर्ने, समावेशी, खुबी भएको, आदिवासी जनजाती र गोर्खा मुद्दा बुझेको गोर्खा समुदायबाट होस् भन्ने समस्त बेलायतवासी नेपाली र गोर्खाहरुको माग रहेको उल्लेख गरेको छ ।
’बेलायतका लागि अहिलेसम्म २२ जना राजदूत आइसकेपनि आदिवासी जनजाति समुदायबाट कोही पनि राजदूत नियुक्त भएको इतिहास छैन’, पत्रमा अध्यक्ष प्रेम गाहामगरले भनेका छन्, ’यहां भूतपूर्व गोर्खाहरु र जनजाति बाहुल्य झण्डै ८० प्रतिशत छ । सम्माननीय प्रधानमन्त्रीज्यूलाई अवगत नै छ, विगत २०८ वर्षदेखि गोर्खाहरु बेलायती सेनामा कार्यरत छन् । भूतपूर्व गोर्खाहरुले तीन दशक बढी समयदेखि समान पेन्सन लगायत सुविधाका लागि आन्दोलन गरिरहेको अवस्था छ । यस परिप्रेक्ष्यमा नयां राजदूत गोर्खा इस्यू बुझेको, समावेशी र आदिवासी जनजातिबाट होस् भन्ने एनआरएनए यूके तथा बेलायतवासी नेपालीको माग छ ।’
नेपाल सरकार मन्त्रिपरिषदको हालैको बैठकले बेलायतसहित ११ राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई फिर्ता बोलाउने सरकारको निर्णयसंगै बेलायतको नेपाली समुदायले अबको नयां राजदूत सम्बन्धमा चासो व्यक्त गरिरहेको अध्यक्ष गाहामगरले जनाएका छन् ।
पत्रमा फिर्ता बोलाइएका राजदूत आचार्य बेलायतको नेपाली समुदायमा सबैभन्दा पूर्वाग्रही राजदूत भएको भन्दै उनको कार्यशैलीविरुद्ध एनआरएनए यूकेसहित ३४ नेपाली संघसंस्थाले सार्वजनिक रुपमै विद्रोह गरेको स्मरण गराइएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै