
लन्डन । एनआरएनए यूकेले बेलायतका लागि नेपाली राजदूत गोर्खा समुदायबाट नियुक्त गर्न माग गरेको छ ।
संघले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इमेलमार्फत एक पत्र पठाउंदै अब बेलायत पठाउने राजदूत समान व्यवहार गर्ने, समावेशी, खुबी भएको, आदिवासी जनजाती र गोर्खा मुद्दा बुझेको गोर्खा समुदायबाट होस् भन्ने समस्त बेलायतवासी नेपाली र गोर्खाहरुको माग रहेको उल्लेख गरेको छ ।
’बेलायतका लागि अहिलेसम्म २२ जना राजदूत आइसकेपनि आदिवासी जनजाति समुदायबाट कोही पनि राजदूत नियुक्त भएको इतिहास छैन’, पत्रमा अध्यक्ष प्रेम गाहामगरले भनेका छन्, ’यहां भूतपूर्व गोर्खाहरु र जनजाति बाहुल्य झण्डै ८० प्रतिशत छ । सम्माननीय प्रधानमन्त्रीज्यूलाई अवगत नै छ, विगत २०८ वर्षदेखि गोर्खाहरु बेलायती सेनामा कार्यरत छन् । भूतपूर्व गोर्खाहरुले तीन दशक बढी समयदेखि समान पेन्सन लगायत सुविधाका लागि आन्दोलन गरिरहेको अवस्था छ । यस परिप्रेक्ष्यमा नयां राजदूत गोर्खा इस्यू बुझेको, समावेशी र आदिवासी जनजातिबाट होस् भन्ने एनआरएनए यूके तथा बेलायतवासी नेपालीको माग छ ।’
नेपाल सरकार मन्त्रिपरिषदको हालैको बैठकले बेलायतसहित ११ राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई फिर्ता बोलाउने सरकारको निर्णयसंगै बेलायतको नेपाली समुदायले अबको नयां राजदूत सम्बन्धमा चासो व्यक्त गरिरहेको अध्यक्ष गाहामगरले जनाएका छन् ।
पत्रमा फिर्ता बोलाइएका राजदूत आचार्य बेलायतको नेपाली समुदायमा सबैभन्दा पूर्वाग्रही राजदूत भएको भन्दै उनको कार्यशैलीविरुद्ध एनआरएनए यूकेसहित ३४ नेपाली संघसंस्थाले सार्वजनिक रुपमै विद्रोह गरेको स्मरण गराइएको छ ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा