
लण्डन । बेलायतको नेपाली समुदायमा तीन वर्षदेखि हुँदै गरेको ए-स्टार नेपलिज बास्केटबल लिगको फाइनलमा डीबीएस हेज र ग्रीनफोर्ड नाइट्स भिड्ने भएका छन् ।
यही जुन २२ तारिखका दिन ब्रुनेल युनिभर्सिटी स्पोर्ट्स सेन्टर लण्डनमा दुई टीमबीच फाइनल खेल हुनेछ ।
जनवरीबाट शुरु भएको लिगमा ११ वटा टीमले भाग लिएको आयोजक नेपलिज बास्केटबल एसोसिएसन युकेका अध्यक्ष रूपक गुरुङले जानकारी दिए । ११ वटा टीमबाट शुरुको चरणमा लिग खेलाइएको थियो जसबाट छानिएका आठ वटा टीमका बीचमा नकआउट खेल भएपछि यी दुई टीम फाइनलमा पुगेका हुन् । विजेता टोलीले रनिङ शिल्ड र खेलाडीहरूले ट्रफी पाउने छन् ।
फाइनल खेल हुने दिनमा दुई वटा महिला बास्केटबल टीम र पूर्व खेलाडीहरूको दुई वटा टीमको अप्रतियोगी म्याच पनि खेलाइने अध्यक्ष गुरुङले जानकारी दिए । पूर्व खेलाडीहरुको टीममा हेज नेपाली र गोर्खा कन्सट्रक्सन रहेका छन् ।
यसबाहेक सो दिन १२ जना बास्केटबलका खेलाडीहरूबीच तीन प्वाइन्टको व्यक्तिगत प्रतिस्पर्धा पनि हुनेछ र विजेताहरूलाई अवार्ड दिइनेछ ।
करिब ३०० बढी दर्शकका माझ हुने फाइनल खेलको दिनमा गीत र नृत्य पनि देखाइनेछ भने नेपालका बास्केटबलका पूर्व राष्ट्रिय खेलाडीहरूलाई सम्मान पनि गरिने अध्यक्ष गुरुङले बताए । सो समारोहमा नेपाली दुताबास लण्डनका प्रतिनिधि, स्थानीय काउन्सिलरहरू, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा, पर्वतारोही कृष्ण थापा, नेपाली समुदायका अगुवाहरू लगायतका अतिथिहरू रहनेछन् ।
बेलायतमा हुर्कँदै गरेका नेपाली युवाहरूको ध्यान कुलतमा जानुभन्दा खेलकुदमा जाओस् र उनीहरूमा सकारात्मक उर्जा प्राप्त होस् भनेर यो प्रतियोगिता आयोजना गरेको अध्यक्ष गुरुङ बताउँछन् ।
खेलको टाइटल एस्टार फाइनान्सियल सोल्यूसन्सले स्पोन्सर गरेको छ ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा