
लिलोङवे । मलावीको हिमाली क्षेत्र चिकाङ्गावा हिमालय श्रृङ्खलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उहाँकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ ।
राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले मङ्गलबार राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।
सोमबार बिहान मलावीको राजधानी लिलोङ्वेबाट उडेको उक्त सैन्य विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो ।
साउलोस चिलिमा र विमानमा सवार अन्य अधिकारी मलावीका पूर्व महान्यायाधिवक्ताको अन्त्येष्टिमा भाग लिन जाँदै थिए ।
विमानलाई विमानस्थलबाट दिइएको सङ्केतबारे एयर ट्राफिक अधिकारीले भने, “विमान लिलोङवेबाट करिब २०० माईल उत्तरमा रहेको एमजुजु विमानस्थलमा कमजोर दृश्यताका कारण अवतरण गर्न नसकेपछि चालकलाई राजधानी जान सल्लाह दिइएको थियो ।”
स्थानीय समय अनुसार सोमबार राति टेलिभिजनमा सम्बोधन गर्दै चावेराले चिलिमाको विमान फेला नपरेसम्म खोजी तथा उद्धार कार्य जारी रहने बताउनुभयो ।
पाँच वसन्त पार गरिसक्नुभएका चिलिमालाई मलावीमा सन् २०२५ मा हुने राष्ट्रपतिको निर्वाचनको सम्भावित दावेदारको रूपमा हेरिएको थियो ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र