
नयाँ दिल्ली । भारतमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको मतगणनाको हालसम्मको परिणामले नरेन्द्र मोदीको भारतीय जनता पार्टीले एकल बहुमत गुमाउने भएको छ ।
भारतीय निर्वाचन आयोगको यस समाचार तयार पार्दासम्मको घोषणाअनुसार भारतीय जनता पार्टीले १२८ स्थानमा विजय हासिल गरेको छ भने ११४ स्थानमा अग्रता लिइरहेको छ । अग्रता लिएको सबै स्थानमा विजय हासिल गर्दा भारतीय जनता पार्टीको २४० स्थान मात्र हुन आउँछ ।
पाँच सय ४३ सिटको लोकसभामा एकल बहुमत हासिल गर्न २७२ स्थान जित्नु पर्ने हुन्छ । यसअघि भारतीय जनता पार्टी एक्लैले बहुमत पाएको थियो । यसपटक भने सरकार बनाउन भारतीय जनता पार्टीले उससित गठबन्धन गरेका दलहरुको अनिवार्य समर्थन लिनुपर्ने छ । यद्यपि उसको नेतृत्वमा गठित राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) करिब दुई सय ९० स्थानमा अगाडी रहेको छ ।
उता, विभिन्न सर्भेक्षण विपरीत विपक्षी भारतीय राष्ट्रिय काँग्रेसले ५४ स्थानमा जित हासिल गरिसकेको छ भने ४५ स्थानमा अग्रपंक्तिमा रहेको छ । उसको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले करिब दुई सय २० सिटमा अग्रता हासिल गरिरहेको छ ।
निर्वाचन आयोगका अनुसार समाजवादी पार्टीले १८, अल इण्डिया त्रृणमूल कँग्रेसले ९, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके)ले ५, जनता दल युले ४, शिवसेना (उद्धव ठाकरे) ३, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीले ३, आमआदमी पार्टीले ३ सिटमा विजय हासिल गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान