
ताप्लेजुङ । दिलशिवा थुप्पोको थेवे ट्रष्टले ताप्लेजुङको एक विद्यालयमा विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको छ ।
सिरिजङ्गा गाउँपालिका–२ आम्बेदेनस्थित आदर्श आधारभूत विद्यालयमा ट्रष्टले पुरस्कार वितरण गरेको हो ।
आइतबार विद्यालय परिसरमै आयोजना भएको वार्षिक पुरस्कार वितरण कार्यक्रममा वडा अध्यक्ष दिलेन्द्र कुँवर, दाताहरू किरण कुमार थेवे, अमित थेवे, पूर्व प्रअ प्रेमप्रकाश थेवे, ट्रष्टका अध्यक्ष हेमराज थेवे लगायतको उपस्थितिमा जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कार दिइएको थियोे ।
ट्रष्टका संस्थापकहरू भूपू ब्रिटिस सैनिकहरू नविनकुमार, सूर्यकुमार र किरण कुमारहरूले आफ्ना स्वर्गीय आमाबुबा दिलबहादुर थेबे र शिवमाया लिङ्देन थेबेको स्मृतिमा ट्रष्ट स्थापना गरेर शिक्षाका क्षेत्रमा काम गर्दै आएका छन् ।
ट्रष्टको स्थापना २०५७ मा स्थापना भएको थियोे । त्यसयता हरेक वर्ष जेहेन्दार र विपन्न वर्गका छात्रछात्रालाई शैक्षिक सामग्री र नगद पुरस्कार वितरण गर्दै आएको छ ।
स्व. क्याप्टेन दिल बहादुर थेवेले ब्रिटिस सेनाबाट अवकाश लिएपछि पुर्ख्यौली गाउँमा फिर्केर सामाजिक काममा आफूलाई सरिक गरेका थिए । दोस्रो विश्वयुद्धमा सहभागी भएर बर्माको लडाइँमा बहादुरी प्रदर्शन गरेबापत् बेलायत सरकारले उनलाई एमबीई पदक समेत दिएका थिए । तत्कालीन आम्बेगुदिन गाउँ पञ्चायतमा उनी उपप्रमुखमा समेत निर्वाचित भएका थिए । २०१९ सालमा उनले गाउँमा बाबाहाङ प्राथमिक विद्यालय स्थापना गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णु चौहानको अध्यक्षतामा भएको कार्यक्रम प्रअ सम्झना राईले सञ्चालन गरेकी थिइन् । वड़ा अध्यक्ष दिलेन्द्र कुमार कुँवरले ट्रष्टको कामको प्रशंसा गर्दै विद्यालयको स्तरोन्नतिका लागि वडा सरकारले समेत सहयोग जारी राख्ने बताए । त्यस्तै, वडा सदस्य हरिमाया विष्टले गाउँको विकासमा थेबे परिवारको योगदानले महत्त्वपूर्ण भूमिका खेलेको जनाइन् ।
यसैगरी, ट्रष्टका संस्थापक किरण कुमार थेवेले भविष्यमा कोष वृद्धि गर्दै अन्य भौतिक संरचना निर्माण र मर्मत सम्भारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ट्रष्टका अध्यक्ष हेमराज थेबे, निवर्तमान प्रअ प्रेमप्रकाश थेबे, शिक्षक अभिभावक संघ(पीटीए) अध्यक्ष भूपेन्द्र बिष्ट, पूर्व विव्यास अध्यक्षहरू, स्थानीय वासिन्दाहरूको उपस्थिति रहेको थियो । सोही अवसरमा शिक्षिका सिर्जना राईलाई समेत वर्षभरि उत्कृष्ट काम गरेबापत पुरस्कृत गरिएको थियो ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान