कोशीको मुख्यमन्त्री: कार्की गए, कार्की आए

कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्ग नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको पत्र हस्तान्तरण गर्दै । तस्बिर : मनोज दाहाल/रासस

विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।

कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त हुनु भएको हो ।
उहाँ झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचिन हुनुभएको हो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीका निर्मला लिम्बुको पनि उपस्थिति थियो ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै सपथ लिनु हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री