
लण्डन । कवि तथा गीतकार डम्बर यक्सोको कविता संग्रह ‘मेरा मनका अव्यक्त भावहरु’ लोकार्पण गरिएको छ ।
ललितपुरको युङ्चा हिम रेस्टुरेन्टमा एक विशेष समारोहबीच प्रमुख अतिथि कवि तथा साहित्यकार प्राज्ञ श्रवण मुकारुङ्द्वारा पानसमा वत्ती बालेर उक्त कृति लोकार्पण गरिएको हो ।
कृतिको लोकार्पणपछि प्राज्ञ मुकारुङले कवि तथा गीतकार यक्सोको कविताका बारेमा चर्चा गरेका थिए। उनले पहिलाबाट नै गीत तथा कविता संग्रह निकाल्नुपर्नेमा जोड दिए ।
प्रमुख अतिथि मुकारुङले भने,‘डम्बर यक्सो लिम्बूज्यूको ‘मेरा मनका अव्यक्त भावहरू’ कृतिभित्रका रचना दुरुह र जटिल छैनन्। यी सरल, सुन्दर, सटिक र बोधगम्य छन् । जसले स्वयं पाठकसित सिधै संवाद गर्ने क्षमता राख्दछन् ।’
उनले कृतिको बारेमा थप चर्चा गर्दै भने,‘यस कृतिले मानिसको जीवन, दुःख र संघर्षको बहुआयामलाई चित्रण गरेको छ । बुद्धले मानिसको जीवनमा दुःख छ । दुःखको कारण छ । त्यसको निवारण पनि छ, र निवारणमा पुग्ने बाटो छ ।’
कवि डम्बर यक्सोको सिर्जनाले चाहिँ अथक संघर्षले नै दुःखलाई पराजित गर्न सकिने कुरामा सङ्केत गरेको बताए । संघर्ष नै जीवन हो भन्ने निष्कर्ष कृतिमार्फत आफूले पाएको उनले तर्क गरे । यस कृतिको समिक्षा कवि तथा गीतकार गोपीकृष्ण प्रसाईले गरेका थिए । उनले कवितामा देशभाव र आफ्नो गाउँठाउँलाई समेटेर सुन्दर तरिकाले लेखेको भन्दै कृति र लेखकको चर्चा गरे ।
लोकार्पण कार्यक्रममा वरिष्ठ संगीतकार प्राज्ञ शान्तिराम राई,संगीतकार दिनेशकाजी बान्तवा, साहित्यकार प्राज्ञ लक्ष्मी उपे्रती र याक्थुङ चुम्लुङका प्रतिनिधि क्याप्टेन टंक बहादुर चोबेगुले कृतिमाथि थप चर्चा गरेका थिए । उनीहरुले कृतिको सफलताको शुभमकामना दिदै आगामी दिनमा कलम चलाइराख्न लेखकलाई सुझाव दिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]