
लण्डन । कवि तथा गीतकार डम्बर यक्सोको कविता संग्रह ‘मेरा मनका अव्यक्त भावहरु’ लोकार्पण गरिएको छ ।
ललितपुरको युङ्चा हिम रेस्टुरेन्टमा एक विशेष समारोहबीच प्रमुख अतिथि कवि तथा साहित्यकार प्राज्ञ श्रवण मुकारुङ्द्वारा पानसमा वत्ती बालेर उक्त कृति लोकार्पण गरिएको हो ।
कृतिको लोकार्पणपछि प्राज्ञ मुकारुङले कवि तथा गीतकार यक्सोको कविताका बारेमा चर्चा गरेका थिए। उनले पहिलाबाट नै गीत तथा कविता संग्रह निकाल्नुपर्नेमा जोड दिए ।
प्रमुख अतिथि मुकारुङले भने,‘डम्बर यक्सो लिम्बूज्यूको ‘मेरा मनका अव्यक्त भावहरू’ कृतिभित्रका रचना दुरुह र जटिल छैनन्। यी सरल, सुन्दर, सटिक र बोधगम्य छन् । जसले स्वयं पाठकसित सिधै संवाद गर्ने क्षमता राख्दछन् ।’
उनले कृतिको बारेमा थप चर्चा गर्दै भने,‘यस कृतिले मानिसको जीवन, दुःख र संघर्षको बहुआयामलाई चित्रण गरेको छ । बुद्धले मानिसको जीवनमा दुःख छ । दुःखको कारण छ । त्यसको निवारण पनि छ, र निवारणमा पुग्ने बाटो छ ।’
कवि डम्बर यक्सोको सिर्जनाले चाहिँ अथक संघर्षले नै दुःखलाई पराजित गर्न सकिने कुरामा सङ्केत गरेको बताए । संघर्ष नै जीवन हो भन्ने निष्कर्ष कृतिमार्फत आफूले पाएको उनले तर्क गरे । यस कृतिको समिक्षा कवि तथा गीतकार गोपीकृष्ण प्रसाईले गरेका थिए । उनले कवितामा देशभाव र आफ्नो गाउँठाउँलाई समेटेर सुन्दर तरिकाले लेखेको भन्दै कृति र लेखकको चर्चा गरे ।
लोकार्पण कार्यक्रममा वरिष्ठ संगीतकार प्राज्ञ शान्तिराम राई,संगीतकार दिनेशकाजी बान्तवा, साहित्यकार प्राज्ञ लक्ष्मी उपे्रती र याक्थुङ चुम्लुङका प्रतिनिधि क्याप्टेन टंक बहादुर चोबेगुले कृतिमाथि थप चर्चा गरेका थिए । उनीहरुले कृतिको सफलताको शुभमकामना दिदै आगामी दिनमा कलम चलाइराख्न लेखकलाई सुझाव दिए ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा