काठमाडौँ । सामाजिक अभियन्ता, पूर्वसैनिक अधिकृत तथा कवि बहादुरसिंह बराल मगरको भारत हिमाञ्चल प्रदेश दारीको भाक्सुस्थित गुरुगोरखनाथ मन्दिरको प्राङ्गणमा अर्धकदको शालिक स्थापना गरिएको छ ।
भारतीय राजनीतिज्ञ दिलकुमारी राई भण्डारी र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख डा खगेन्द्रप्रसाद लुइँटेलसहितका व्यक्तिले शालिक अनावरण गर्नुभयो । उहाँ ‘मेम्बरअफ भिक्ट्रिोरियन अर्डर तथा अर्डरअफ ब्रिटिस इन्डिया’पदकबाट विभूषित हुनुहुन्थो ।
बराल विसं १९७० असार ३ गते फष्ट गोर्खा राइफल्सको दोस्रो बटालियनमा जमदार पदमा भर्ती भई सुवेदार मेजरबाट सन् १९३५ मा सेवानिवृत्त हुनुभयो । सुवेदार मेजर पदमा रहँदा सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएकाले उहाँ पनि आफ्नो पल्टन लिएर फ्रान्सको रणभूमिमा पुग्नुभएको थियो ।
दोस्रो विश्वयुद्धको प्रारम्भसँगै सरकारी आह्वानअनुसार उहाँ पुनः सैनिक सेवामा प्रवेश भई सन् १९५२ सम्म काम गर्नुभयो । यसअवधिमा उहाँलाई मानार्थ कप्तानको दर्ज्यानी प्रदान गरियो । मास्टर मित्रसेन साहित्य सङ्गीतसभा–धर्मशाला हिमालञ्चल प्रदेश अध्यक्ष सल्लाहअनुरुप स्वर्गीय बरालको शालिक स्थापना गरिएको उहाँका नाति पूजन बरालले जानकारी दिनुभयो ।
पैतृकथलो तत्कालीन पाल्पा भएका साहित्यकार बरालले सन् १९५५ अप्रिलमा सो गोरखनाथ मन्दिर स्थापना गर्नुभएको थियो । उहाँको जन्म विसं १९४७ मा वैशाख १६ गते र देहावसान विसं २०१९ असोज ३० गते भएको थियो । उहाँ सन् १९३५ देखि १९३९ सम्म अल इण्डिया गोर्खा एशोसिएसनको अध्यक्ष हुनुभयो । साहित्यकार बरालको ‘बरालको आँशु’मा शीर्षकको कृतिमा गीत, गजल र भजनलगायतका सिर्जना समावेश छ । यस कृतिमा एक सय ६८ वटा रचना छन् ।
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक तथा म्यानमारका लागि नेपालका पूर्वराजदूत स्वर्गीय खड्गजीत बराल उहाँका कान्छा छोरा हुनुहुन्थ्यो ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा