
काराकास । सन् २०२२ मा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका भेनेजुएलाका जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै जुआन भिसेन्ट पेरेज मोराको निधन भएको पुष्टि गर्नुभएको छ ।
राष्ट्रपति निकोलस मदुरोले भन्नुभयो, “जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । उहाँ अमर रहनुहुनेछ । शोक सन्तप्त मृतकका परिवारजनमा गहिरो समवेदना ।”
पेरेज ११२ वर्ष २५३ दिनको उमेरमा रहेकै समय तत्कालिन समयमा जीवित व्यक्तिहरूमध्ये उहाँको नाम गिनिज बुक्समा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा दर्ता भएको थियो ।
एघार सन्तानका पिता रहेका पेरेज मोराका सन् २०२२ सम्ममा तीन पुस्ता गरी ७१ जना पारिवारिक सदस्य थिए ।
टिओ भिसेन्टे को नामले चिनिने भेनेजुयली किसान पेरेज मोराको जन्म २७ मे १९०९ मा एन्डियन राज्य ताचिराको एल कोब्रे शहरमा भएको थियो र उहाँ१० सन्तानमध्ये नवौं सन्तान हुनुहुन्थ्यो ।
सन् २०२२ को गिनिज स्टेटमेन्टमा भनिएको छ, “पाँच वर्षको उमेरमा उहाँले आफ्ना बुबा र दाजुहरूसँग कृषि पेशामा संलग्न हुन थाल्नुभएको थियो । उहाँको परिवार उखु र कफी उत्पादनका लागि काम गर्थ्यो ।
शुरूमा कृषकका रूपमा भूमि र पारिवारिक विवादहरू समाधान गर्न जिम्मेवार पेरेजले कानुन अधिकारीका रूपमासमेत काम गर्नुभएको थियो ।
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप