
काठमाडौँ । विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल २०२४’ अनुसार आगामी वर्ष अर्थात् सन् २०२५ मा भने मुद्रास्फीति छ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बजेटबाट सरकारले केही वस्तुको मूल्यअभिवृद्धि कर (भ्याट) मा छुट दिएकोमा त्यसले पनि मुद्रास्फीति बढाएको उल्लेख छ । विश्व बैंकले औसत मुद्रास्फीति गतवर्ष आठ प्रतिशतबाट यसवर्ष छ दशमलव सात प्रतिशत हाराहारी रहने प्रक्षेपण गरेको छ । यस वर्ष खाद्य तथा पेय पदार्थको मुद्रास्फीति भने बढेको छ । चामल निर्यातमा भारतले लगाएको प्रतिबन्ध र मरमसलामा देखिएको मूल्यवृद्धिको असर समग्र समग्र मुद्रास्फीतिमा देखिएको छ ।
प्रतिवेदनमा नेपालको सेवा क्षेत्रमा सुधार देखिएका कारण आर्थिक वृद्धिदर गत वर्षको सुरुआती छ महिनाको तुलनामा यसवर्षको सोही अवधिमा बढेको छ ।
पर्यटक आगमनमा भएको वृद्धिले होटल तथा आवास क्षेत्रमा उल्लेख्य सुधार देखिएको तथा बीमा क्षेत्रका गतिविधि बढेको प्रतिवेदनमा उल्लेख छ । अर्थतन्त्र सुधार देखिनुमा औद्योगिक क्षेत्र, जलविद्युत् उत्पादन र कृषि क्षेत्रमा धानको उत्पादन बढ्नुलाई मुख्य कारण मानिएको छ । अहिले थोक तथा खुद्रा व्यापारमा भने सङ्कुचन देखिएको प्रतिवेदनमा उल्लेख छ ।
गतवर्ष अर्थात् सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर एक दशमलव नौ प्रतिशत रहेकोमा यसवर्ष तीन दशमलव तीन प्रतिशत र आगामी वर्ष अर्थात् सन् २०२५ मा औसत पाँच प्रतिशत हाराहारी रहने प्रक्षेपण विश्व बैंकको छ ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा