
काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व गर्नुभएका बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।
साथै विनोद कुँवरको नेतृत्वमा करिब साढे दुई वर्ष अघि गठित कार्यसमिति तथा अर्कोतर्फ तीन जना अध्यक्ष कुल आचार्य, बद्री केसी र रविना थापा बनाउने महाधिवेसनलाई पनि अवैध करार गरेको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले आज एनआरएनएको नाममा कार्य गरिरहेका सबै समितिलाई अमान्य ठहर गरेको हो ।
अदालतले २०७८ माघ १ गते एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ । सो समितिमा एनआरएनएका पूर्व अध्यक्षहरूका साथै केही सदस्य थपिएका छन् ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार