नेपाली जनप्रगतिशील मञ्च युरोपको अध्यक्षमा चित्र सुवेदी

लण्डन । नेपाली जनप्रगतिशील मञ्च युरोपको अध्यक्षमा चित्र सुवेदी निर्वाचित हुनुभएको छ ।
मञ्चको हालै स्पेनमा सम्पन्न पाँचौँ अधिवेसनले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको इञ्चार्जमा रणबहादुर खाती चुनिएका छन् भने उपाध्यक्षहरुमा गंगा भुसाल, शेरसिंह ठकुरी, कल्पना मगर, महासचिवमा धर्मराज खतिवडा, सचिवहरुमा अर्जुन आचार्य, हरिश्चन्द्र पोखरेल, र निर्मला बजगाई अधिकारी, कोषाध्यक्षमा डोलराज भण्डारी र सहकोषाध्यक्षमा सुमन पौडेल रहेका छन् ।
यस्तै सदस्यहरुमा श्याम खनाल, केशरबहादुर थापा, राजेन्द्र सेढाइँ, काजी नेपाली, सावित्रा भारती, रुपक श्रेष्ठ। ठाइँला किराती, पवन सुवेदी, होम गुरुंग, ईश्वर रिजाल, प्रेम परियार, राममाया विक, महेशकुमार खाती, श्यामप्रसाद ढकाल, प्रेमचन्द्र भण्डारी, युवराज खनाल, बुद्ध लामा, लिलि तामांग, नारायणप्रसाद अधिकारी, डिएस राणा, रविन्द्र लिम्बु, दुर्बासा भण्डारी, जसमान दर्नाल, सुशीला खत्री, माया तामांग, मोहन केसी, विष्णु रायमाझी, सरिता शर्मा र भीम सुवेदी चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेसनको सफलताको सन्देश पठाएका थिए भने अधिवेसनको उद्घाटन स्पेनका लागि नेपाली राजदुत शर्मिला पराजुली र भरतपुर महानगरपालिककी मेयर रेणु दाहालले संयुक्त रुपमा गरेका थिए । अधिवेसनमा नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका इञ्चार्ज राम कार्की, केन्द्रीय सदस्य अर्जुन पाठक, वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र भुसाल, प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, गैरआवासीय नेपाली संघका आइसिसी सचिव लोकप्रसाद दाहाल, पूर्व अध्यक्ष डा कृष्ण अर्याल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
रणबहादुर खातीको अध्यक्षता र विशाल ढुंगानाको सञ्चालनमा कार्यक्रम भएको थियो भने स्वागत मन्तब्य गंगा भुसालले गरेका थिए । नयाँ कार्यसमिति चयनका लागि सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा महेश खाती र लोक दाहाल रहेको निर्वाचन समिति बनाइएको थियो भने बन्द सत्र सञ्चालनका लागि एक अध्यक्ष मण्डल पनि बनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री