घ्याल्सुम्दो सेवा अमेरिकाले मनायो ग्याल्पो ल्होसार

न्यूयोर्क । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले विभिन्न कार्यक्रमका साग ग्याल्पो ल्होसार मनाएको छ ।
हरेक वर्ष हर्षोल्लासका साथ मनाइने लोसार यस वर्ष खरायो वर्गलाई बिदाई गर्दै नयाँ वर्ष उड ड्रयागन वर्षलाई स्वागत गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डेमोक्रेटिक पार्टीको नेता तथा न्यूयोर्क स्टेट डिष्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर स्टेभेन राँगाले कार्यक्रमलाई सम्बोधन गर्दै ल्होसारको शुभकामना दिए । राँगाले न्यूयोर्क राज्यमा ल्होसार मनाउने रिजोलुसन पास गरेको जानकारी दिदै विविध समुदायसँग ल्होसार मनाउन पाउनु गर्वको कुरा भएको बताए ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष तोरण गुरुङले ल्होसारको शुभकामना व्यक्त गर्दै सबै नेपालीहरुलाई भाषा धर्मले हामी सबैलाई एक ढिक्का बनाएर राखेको तर्क गरे । हामीले हाम्रो संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गदैै हामीले राजनीतिक चेतना बढाँउँदै जातिय संस्थाहरुलाई बलियो बनाएर लैजानु पर्ने तर्क गरे ।
फिप्नाका अध्यक्ष गुरुङले हामी जहाँ गएपनि आदिवासीहरुको मुद्धालाई उठाउनु पर्ने आजको आवश्यक्ता रहेको तर्क गरे ।
संस्थाका अध्यक्ष श्रीमती चित्र गुरुङले कार्यक्रम नयाँ वर्ष ल्होसारको शुभकामना दिदैं सम्पूर्ण सहयोगी तथा स्वयंसेकवकहरुलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष गुरुङले संस्थाले गएको २० वर्षदेखि संस्थाले सामाजिक काम गरिरहेको जानकारी दिदैं विभिन्न संघ संस्थासँग सहकार्य गर्नका लागि ल्होसार आयोजना गर्दै आएको जानकारी दिए । भाषा धर्म, संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानको लागि ल्होसार आयोजना गरेकोे अध्यक्ष गुरुङको भनाइ छ ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, एनिमल भिलेज हस्पिटलका प्रमुख डा. डेनिस् सेराभोलो लगायत सहभागिता रहेको कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा शुभकामना आदानप्रदान तथा आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो । यस्तै, दोस्रो चरणमा स्थानिय कलाकारहरुले हिमाली भेगमा नाचिने मौलिक तथा विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । स्थानिय कलाकारहरुको प्रस्तुतिलाई दर्शकहरुले प्रशंसा गरेका थिए । नेपालका वरिष्ठ नृत्य निर्देशक गोविन्द राईको कोरियोग्राफीमा बाल कलाकारहरु तथा युवा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा युवा नृत्य निर्देशिका गौरी लामाको कोरियोग्राफमा युवाहरुले नृत्य प्रस्तुत गरेका थिए । साथै गुरुङको संस्कृति झल्कने छेवरको बारेमा नाटकमार्फत प्रस्तुति गरिएको थियो ।

करिब तीन सय दर्शकहरुको सहभागिता रहेको ल्होसार कार्यक्रम भब्य र सभ्य उत्कृष्ट रहेको दर्शकहरुले बताए ।
सन् १९९९ देखि संस्थागत रुपमा दर्ता रही विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको घ्याल्सुम्दो सेवा संस्थामा नेपालको मनाङ जिल्लाको तल्लो भेगमा बसोबास गर्ने समुदायहरु आवद्ध रहेका छन् । संस्थामा विशेष गरी दुई गाँउपालिका “चामे” र “नासाँे” क्षेत्रमा बसोबास गर्ने जनसमुदायहरुलाई घ्याल्सुम्दोबासी भनेर चिनिन्छ । स्थानिय भाषामा “घ्यालम्” भनेको ठूलो बाटो र “सुम्दो” भनेको तीन तिरबाट जोडिएको र समग्रमा तीन तिरबाट जोडिएको ठूलो बाटो भनेर बुझिन्छ । त्यस क्षेत्रका अधिकांस बासिन्दा बौद्ध धर्मालम्वीहरु भएकाले ल्होसार पर्वको ठूलो महत्व रहेको छ । घ्याल्सुम्दो सेवा संस्था अमेरिकामा रहेका नेपाली डायस्पोरामा एक परिचित सामाजिक संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री