
लण्डन । अमेरिकी समाचार संस्था सिएनएनले केही साताअघि रुसी सेनामा करिब १५ हजार नेपाली रहेको समाचार सार्वजनिक गरेको थियो तर बेलायती मिडिया स्काइ न्यूजले आज प्रकाशन गरेको समाचारमा भने करिब दुई हजार नेपाली मात्र रुसी सेनामा रहेको बताइएको छ ।
रसियन सेनाबाट भागेर नेपाल आएकाहरुसितको कुराकानी तथा रसियाको आप्रवासीसम्बन्धी तथ्यांकका आधारमा सो निस्कर्ष निकालिएको स्काइ न्युजको दाबी छ । रसियन सेनामा गएका परिवारहरुको अभियानबाट पनि सो संख्या प्रमाणीकरण गरिएको समाचारमा जनाइएको छ ।
रसियन सेनामा जानेहरुले पर्यटक वा विद्यार्थी भिसा लिने गरेका छन् । सरकारले भने रसियामा अध्ययन गर्न जानका लागि लिनुपर्ने नो अब्जेक्सन लेटर दिन बन्द गरेको छ ।
रसिएन सेनाबाट फर्किएका गणेशसितको कुराकानी अनुसार रसियन सेनामा जानेहरुले दलाललाई १० लाख नेपाली रुपियाँ बुझाउने गरेका छन् । दलालहरुले मासिक १ हजार ६७५ पाउण्ड तलब हुने बताए पनि वास्तविकतामा भने १५० पाउण्डभन्दा कम पाएको गणेशको भनाइ छ ।
रसियन सेनामा भाडाका सिपाहीँलाई सबैभन्दा अग्रपंक्तिमा राखिने र त्यसको पछि पछि रसियन सेना रहने गरेको पनि गणेशले बताएका छन् । विदेशी सैनिकहरुलाई पर्याप्त रासन नदिने, कुट्ने गरिएको उनले बताए ।
नेपाल सरकारले भने हालसम्म २१ जना नेपालीको रसियामा निधन भएको र २४६ जना रसियन सेनामा भर्ती भएको तथ्यांक सार्वजनिक गरेको छ ।
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा