
काठमाडौँ । नेपालमा सत्तागठबन्धन फेरिएको छ ।
हिजोसम्म नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस प्रमुख सत्ता साझेदार रहेकोमा आज काँग्रेस सरकारबाट बाहिरिएको छ भने प्रमुख प्रतिपक्षी दल एमाले सरकारमा समावेश भएको छ ।
नयाँ गठबन्धनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डलको हेरफेर गरेका छन् ।
अहिले उनले तीन सदस्सीय मन्त्रिमण्डल बनाएका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डोलप्रसाद अर्यालले शपथ लिनुभएको हो । उहाँहरुको कार्यभार तोकिएको छैन ।
राष्ट्रपति कार्यालयका अनुसार उहाँहरुको कार्यभार पछि तोकिनेछ ।
प्रधानमन्त्रीको सिफारिसमा आज गठन भएको मन्त्रिपरिषद् र त्यसको कार्यविभाजनमा सबै मन्त्रालय प्रधानमन्त्री दाहालले राखेका छन् ।
नेपाली काँग्रेसको महासमिति बैठकबाट नै सत्ता साझेदार माओवादी र काँग्रेसबीच मतभेद चर्किँदै गएको थियो । आखिर सो मतभेद समीकरण फेरबदलमा गएर टुंगिएको छ । सत्ता यात्रामा नयाँ दल राष्ट्रिय स्वतन्त्र पाटी पनि सामेल भएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]