
लण्डन । कोभिड र युक्रेन युद्धपछि बेलायतमा आकाशिएको घरायसी काममा खपत हुने उर्जाको मूल्यमा अप्रिलदेखि केही गिरावट आउने भएको छ ।
बेलायतको उर्जासम्बन्धी नियामक निकाय अफजेमले अप्रिल १ देखि हरेक घरले तिर्ने उर्जावापतको शुल्कमा मासिक करिब २० पाउण्ड कम्ती हुने बताएको छ ।
अफजेमले अहिले वार्षिक १ हजार ९२८ उर्जाको मूल्य तोकेकोमा अब त्यसमा १२ प्रतिशतले घटाई १ हजार ६९० पाउण्ड बनाएको छ ।
पेट्रोलियम पदार्थको थोक मूल्यमा आएको कमी र जाडो याममा उर्जाको खपत धेरै नभएका कारण मूल्य कम गरिएको बताइएको छ । यद्यपि बेलायतमा उर्जा संकट आउनु अघिको मूल्य भन्दा करिब दोब्बर मूल्य उपभोक्ताले तिरिरहनु परेको छ ।
उर्जाको मूल्य अझै कम हुनसक्ने भए पनि अफजेमले उर्जा प्रदायक कम्पनीहरुको बक्यौता धेरै भएकाले त्यसलाई परिपूर्ति गर्न केही बढी मूल्य कायम गरेको जनाएको छ । जसवापत उर्जा कम्पनीहरुले बजार मूल्यभन्दा करिब मासिक साढे २ पाउण्ड बढी उपभोक्ताबाट उठाउने छन् । बेलायतमा उर्जा संकटसँगै दर्जनौँ उर्जा प्रदायक कम्पनी बन्द भएका थिए ।
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन