
लन्डन । बेलायतमा मुख्यालय भएको सूचना प्रविधिसम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सोलुशनले नाइजेरियामा आफ्नो कार्यालय खोलेको छ।
“नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजार मात्रै हैन, प्रविधि हबको रुपमा उदाउँदै गरेको मुलुक पनि हो। संसारकै क्लाउड सेवा प्रदायकहरु उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ,” जेनेस सोलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने। “नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्र्याउन सहज गरिदिएकाले पनि गर्न हामीले नाइजेरियामा सहकार्य र व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं।” उनले नाइजेरियामा कम्पनी स्थापना गर्न सहयोग गर्ने गैर आवासीय नेपालीहरुलाई पनि हार्दिक धन्यवाद दिए।
जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने छ।
“एकजना नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी नाइजेरियामा स्थापना हुनु एउटा गौरवको कुरा हो। यसले नेपालीहरुको सीप र दक्षताका बारे बाँकी विश्वले थाहा पाउनुका साथै नेपाल सूचना प्रविधिको हबको रुपमा उदाउँदै छ भन्ने सन्देश पनि दिएको छ,” नाइजेरियास्थित औद्योगिक प्रतिष्ठान डाङ्गोटे ग्रुपका वरिष्ठ व्यवस्थापक तथा गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले भने। उनले जेनेस सलुशनलाई अफ्रिकाभरि आफ्नो सेवा विस्तार गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि दिए।
जेनेस सलुशनको नेपाल, बंगलादेश, अमेरिका लगायत ८ ओटा मुलुकहरुमा कार्यालय छन्।
(फोटो : Mundo ITAM)
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं