
लन्डन । बेलायतमा मुख्यालय भएको सूचना प्रविधिसम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सोलुशनले नाइजेरियामा आफ्नो कार्यालय खोलेको छ।
“नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजार मात्रै हैन, प्रविधि हबको रुपमा उदाउँदै गरेको मुलुक पनि हो। संसारकै क्लाउड सेवा प्रदायकहरु उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ,” जेनेस सोलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने। “नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्र्याउन सहज गरिदिएकाले पनि गर्न हामीले नाइजेरियामा सहकार्य र व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं।” उनले नाइजेरियामा कम्पनी स्थापना गर्न सहयोग गर्ने गैर आवासीय नेपालीहरुलाई पनि हार्दिक धन्यवाद दिए।
जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने छ।
“एकजना नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी नाइजेरियामा स्थापना हुनु एउटा गौरवको कुरा हो। यसले नेपालीहरुको सीप र दक्षताका बारे बाँकी विश्वले थाहा पाउनुका साथै नेपाल सूचना प्रविधिको हबको रुपमा उदाउँदै छ भन्ने सन्देश पनि दिएको छ,” नाइजेरियास्थित औद्योगिक प्रतिष्ठान डाङ्गोटे ग्रुपका वरिष्ठ व्यवस्थापक तथा गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले भने। उनले जेनेस सलुशनलाई अफ्रिकाभरि आफ्नो सेवा विस्तार गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि दिए।
जेनेस सलुशनको नेपाल, बंगलादेश, अमेरिका लगायत ८ ओटा मुलुकहरुमा कार्यालय छन्।
(फोटो : Mundo ITAM)
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची