
लण्डन । बेलायतमा स्टेट पेन्सन पाउने उमेर ७१ वर्ष बनाउनुपर्ने एक अध्ययनले सुझाव दिएको छ ।
इन्टरन्याशनल लङ्गिभिटी सेन्टरले १२१ मुलुकमा गरेको अनुसन्धानको नतीजा निकाल्ने क्रममा सो सुझाव दिइएको छ ।
सन् २०५० देखि स्टेट पेन्सन पाउने उमेर ७१ वर्ष नबनाएमा सेवा निवृत्त हुनेहरुको संख्या अधिक हुने र पेन्सन धान्न गाह्रो पर्ने तर्क दिइएको छ ।
सुझावमा बेलायतको वर्तमान सेवा निवृत्त हुने उमेर पर्याप्त नभएको र सन् १९७० पछि जन्मेकाहरुले ७१ वर्ष उमेर नपुगुन्जेलसम्म काम गर्नु पर्ने बताइएको छ ।
हाल बेलायतमा ६६ वर्ष पुगेपछि स्टेट पेन्सनको दाबी गर्न मिल्छ र सन् २०२६ देखि सो उमेर ६७ वर्ष पुर्याइँदैछ भने सन् २०४४ मा ६८ वर्ष पुर्याउने योजना छ ।
स्टेट पेन्सन पाउने उमेर बढाइए पनि उनीहरु सबैले स्वास्थ्यका कारण काम गर्न नसक्ने अवस्था भने चुनौतीपूर्ण रहेको अनुसन्धानमा बताइएको छ । त्यसैले सरकारले जोड स्वास्थ्य सेवामा दिनुपर्ने पनि सिफारिस गरिएको छ ।
गत साता मात्र अफिस फर न्याशनल स्टाटिटिक्सले सन् २०३६ को मध्यसम्ममा बेलायतको जनसंख्या ७३.७ मिलियन पुग्ने अनुमान गरेको छ ।
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न