
लण्डन । बेलायतमा स्टेट पेन्सन पाउने उमेर ७१ वर्ष बनाउनुपर्ने एक अध्ययनले सुझाव दिएको छ ।
इन्टरन्याशनल लङ्गिभिटी सेन्टरले १२१ मुलुकमा गरेको अनुसन्धानको नतीजा निकाल्ने क्रममा सो सुझाव दिइएको छ ।
सन् २०५० देखि स्टेट पेन्सन पाउने उमेर ७१ वर्ष नबनाएमा सेवा निवृत्त हुनेहरुको संख्या अधिक हुने र पेन्सन धान्न गाह्रो पर्ने तर्क दिइएको छ ।
सुझावमा बेलायतको वर्तमान सेवा निवृत्त हुने उमेर पर्याप्त नभएको र सन् १९७० पछि जन्मेकाहरुले ७१ वर्ष उमेर नपुगुन्जेलसम्म काम गर्नु पर्ने बताइएको छ ।
हाल बेलायतमा ६६ वर्ष पुगेपछि स्टेट पेन्सनको दाबी गर्न मिल्छ र सन् २०२६ देखि सो उमेर ६७ वर्ष पुर्याइँदैछ भने सन् २०४४ मा ६८ वर्ष पुर्याउने योजना छ ।
स्टेट पेन्सन पाउने उमेर बढाइए पनि उनीहरु सबैले स्वास्थ्यका कारण काम गर्न नसक्ने अवस्था भने चुनौतीपूर्ण रहेको अनुसन्धानमा बताइएको छ । त्यसैले सरकारले जोड स्वास्थ्य सेवामा दिनुपर्ने पनि सिफारिस गरिएको छ ।
गत साता मात्र अफिस फर न्याशनल स्टाटिटिक्सले सन् २०३६ को मध्यसम्ममा बेलायतको जनसंख्या ७३.७ मिलियन पुग्ने अनुमान गरेको छ ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता