
वासिङ्टन डिसी । अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी ब्रूक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आउनु भएकी डा प्रेरणा श्रेष्ठले करिब २२ लाख अमेरिकी डलरको अनुसन्धानवृत्ति पाउनुभएको छ ।
उनलाई सो अनुसन्धानवृत्ति मानिसको मस्तिस्कमा रहेका सुक्ष्म कोषिकाले प्रोटिनको सिन्थेसिस संयन्त्रमा भावनात्मक प्रतिक्रिया कसरी जनाउँछन् भन्ने विषयको अध्ययनका लागि अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले दिएको हो ।
अनुसन्धानवृत्तिको निर्णयपछि उनले रासससँग भनिन् – यो मेरो कामको लागि पुरस्कार जत्तिकै महत्वपूर्ण हो ।
श्रेष्ठका अनुसार मानिससँग मिल्दोजुल्दो आनीबानी भएका मुसामा अध्ययन गरिने विधिअनुसार (जसलाई मस्कुलर विधि पनि भनिन्छ,) उनको टोलीले किन मस्तिष्कमा लामो समयसम्म यस्तो विषय रहिरहन्छ भन्नका लागि औजार जडान गरी अध्ययन गर्नेछ । आगामी सन् २०२७ को अक्टोवर सम्ममा अध्ययन सकिने गरी हुन लागेको यो अध्ययनले भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचार विधि र पद्धति तर्जुमा हुनसक्ने श्रेष्ठ बताउँछिन् ।
सन् १९९९ मा उहाँलाई अमेरिकामा आउने वा कुनै देशमा एमबिबिएस अध्ययन गर्न जाने विचार आयो । त्यसैबेला उहाँ अमेरिकामा पूर्ण छात्रवृत्तिमा बायोकेमेष्ट्री अध्ययनको लागि आउनुभयो । अमेरिकामा मेडिकल कलेजमा भर्ना हुन चार वर्षको कोर्ष आवश्यक पर्ने भएकाले मेडिकल स्कूलको लागि पूर्वतयारी कक्षामा सामेल हुनुभएको थियो ।
अमेरिका आएपछि सन् २००२को ग्रीष्मयाममा उहाँले वैज्ञानिक अनुसन्धानको लागि हावर्ड युनिभर्सिटीको सेल वायोलोजी ल्यावमा दिनु भएको परीक्षामा सफलता हात पारेपछि उहाँलाई अनुसन्धानमा झनै बढी रुचि भयो । त्यसपछि उहाँले आफूले सिकेको विषय र मानव मष्तिष्कका बारेमा थप ज्ञान हासिल गर्न विद्यावारिधि कार्यक्रममा सामेल हुनुभयो ।
न्यूरो साइन्समा दुई दशकदेखि काम गर्दे आउनु भएकी श्रेष्ठ आफ्नो जीवनलाई निर्णायक मोडमा पुरयाउने काम भने हार्डवर्ड युनिभर्सिटीले दिएको रिसर्च फेलोको रुपमा ल्याबमा दिएको अवसरलाई मान्नुहुन्छ । उक्त ल्याबमा उहाँले मानव मस्तिष्कको विषयमा महत्वपूर्ण अनुसन्धान गर्न पाउनुभयो ,सोही अनुसन्धान सकिएपछि उहाँलाई मानवको विषयमा थप अध्ययन गर्ने मार्ग पहिल्याउने सफलता प्राप्तभयो । निरन्तरको अध्ययन र अनुसन्धानपछि सन् २०११ मा रकफेलर युनिभर्सिटीबाट लाइफ साइन्समा विद्यावारिधि गर्नुभयो ।
नेपालको आदर्श विद्या मन्दिरबाट विद्यालय शिक्षा अध्ययन र बुढानीलकण्ठबाट ‘ओ’ र ‘ए’ लेभलको अध्ययन पूरा गर्नु भएकी श्रेष्ठले अमेरिका आएर १२ वर्षको अनवरत अध्ययन अनुसन्धान पश्चात् विद्यावारिधि उपाधि हासिल गर्नुभएको हो ।
काठमाण्डौँको कमलादीमा जन्मनुभएकी श्रेष्ठ मानव शरीरको जटिल मानिने मस्तिष्क विज्ञानसँग जोडिनु बुबा र आमाको देन पनि हो की भन्नु हुन्छ । मेरो पिताजी मङ्गलमोहन श्रेष्ठ र आमा मैया श्रेष्ठले मेमोरी कन्र्सन भनेर खोल्नु भएको फोटो स्टुडियो र मेरो मानव मेमोरीमा काम गर्ने रोडम्यापले कतै न कतै समन्वय गरेको छ की भन्ने अनुभूतिमा ममा हुन्छ – मस्तिष्क विज्ञानलाई रुचिको विषय बनाइएको वारेमा उहाँको टिप्पणी रहेको थियो ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र