
बैङ्कक । एक थाई नागरिकलाई राजतन्त्रको आलोचना गरेको आरोपमा बिहीबार ५० वर्षको कारागार सजाय दिइएको एक कानूनी अधिकार समूहले बताएको छ । मुलुकको कडा शाही अपमान कानूनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो ।
थाइल्यान्डले प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूविरुद्ध विवादास्पद कानूनको प्रयोगलाई बढावा दिएपछि यो कीर्तिमानी सजाय धेरै वर्षपछि आएको छ । आलोचकहरूले उक्त सजायलाई असहमतिलाई मौन बनाउने रणनीति भनेका छन् ।
उत्तरी सहर चियाङ रायको एक पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई उहाँको निजी फेसबुक अकाउन्टमा पोस्ट गरेको आरोपमा कूल ५० वर्षको कारागार सजाय सुनाएको छ । उहाँलाई सुरुमा तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि लामो सजाय सुनाइएको हो ।
“पुनरावेदन अदालतले मोङ्कोल थिराकोटलाई उहाँको २७ फेसबुक पोस्टमा ११२ का लागि २२ वर्षको सजाय सुनाएको छ, यो प्रारम्भिक अदालतले पहिला नै फैसला गरेको २८ वर्षको सजायबाहेकको हो, उहाँको कूल कारागार सजाय ५० वर्षको छ”, थाई लयर्स फर ह्युमन राइट्स (टिएलएचआर) ले विज्ञप्तिमा भनेको छ ।
राजा महा वजिरालोङ्कोर्न र उहाँका निकट परिवारलाई आलोचनाबाट बचाउन सक्ने लेज–म्याजेस्टेलाई प्राय आपराधिक संहिताको प्रासङ्गिक खण्डपछि थाइल्यान्डमा ११२ भनिन्छ । टिएलएचआरका अनुसार उक्त सजाय शाही मानहानिका लागि दिइएको सबैभन्दा लामो सजाय हो । यसले सन् २०२१ मा कुनै एक महिलालाई दिइएको ४३ वर्षको कारागार सजायको पछिल्लो कीर्तिमानलाई तोडेको छ ।
अनलाइन कपडा पसलका मालिक मोङ्कोललाई पहिलो पटक सन् २०२१ मा राजनीतिक बन्दीहरूको रिहाइको मागलाई लिएर भएको एउटा विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएको थियो ।
सन् २०२० र सन् २०२१ मा युवाहरूको नेतृत्वमा भएको प्रदर्शनमा हजारौँ मानिस सडकमा उत्रिएका थिए । प्रदर्शनमा कडा लेज–म्याजेस्टे कानूनमा परिवर्तनको माग गरिएको थियो । टिएलएचआरले मोङ्कोलको सजायविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिने जनाएको छ ।
टिएलएचआरका अनुसार सन् २०२० मा विरोध आन्दोलन सुरु भएयता दुई सय ५० भन्दा धेरै कार्यकर्तामाथि लेज–म्याजेस्टे कानूनअन्तर्गत आरोप लगाइएको छ । बुधबार मुख्य आन्दोलनका नेताहरूमध्येका एक वकिल अर्नोन नम्पालाई लगाइएको चार वर्षको लेज–म्याजेस्टे सजायलाई थप चार वर्ष बढाइएको छ ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह