लिम्बु समुदायको चाड उधौली चासोक तङ्गनाम बेल्जियममा मनाइयो

काजाब्लांका क्यासेल्लो । किरात याक्थुङ चुम्लुङ बेल्जियमले किरात लिम्बु समुदायको प्रमुख चाड उधौली चासोक तङ्गनाम भव्यताका साथ मनाएको छ ।
सो चाडको अवसरमा पितृ पूजा, सांस्कृतिक झाकीसहित नाचगान गरिएको थियो । प्रकृति पूजक किराँत समुदायले किराती नयाँ वर्ष ५०८३, चासोक तङनामको अवसरमा एक विशेष कार्यक्रम गरी उक्त सांस्कृतिक चाड मनाएको हो ।
उधौली चाड नेपाल र बिभिन्न देशमा छरिएर वसोवास गर्ने आदिवासी किराँत समुदाय सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान चाड हो । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ ।
कार्यक्रम मुन्धुम बिधि अनुसार पूजा अर्चना, नेपाली राष्ट्रिय गीत र केलांग नृत्यसहित दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुताबास बेनेलक्स र युरोपियन युनियन का लागि सचिव रमेश गैरे, गैर आवाासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटा, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बीरमान मगर,किरात याक्थुम चुम्लुंग जर्मनीका अध्यक्ष संचमान जबेगु, एनआरएनए बद्री केसी समूहकी महिला संयोजक अनुजा प्रधान लगायतले उधौली चाडको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ्ग, किरात याक्थुङ चुम्लुङ जर्मनीका संस्थापक अध्यक्ष हिमाल सुब्बा, विश्व मगर संघका अध्यक्ष लोक राना मगर, शेर्पा समाज अध्यक्ष पेम्बा शेर्पा, तमुधीँ बेल्जियम अध्यक्ष संगीता गुरुङ, थकाली समाज अध्यक्ष सरोज गौचन, तमु समाज उपाध्यक्ष अनिता घले, तामांग समाज बेल्जियमका महासचिव चन्द्र ब्लोन, पासा पुच बेल्जियम महासचिव सूर्यनारायण श्रेष्ठ, नेपाली जन सम्पर्क समिति बेल्जियम सभापति सुबास गुरुङ, प्रवासी नेपाली मंच बेल्जियम अध्यक्ष चन्द्र कुमारी गुरुङ इशा, संघीय समाज बेल्जियम अध्यक्ष नेत्र मगर, जन प्रगतिशील मंच बेल्जियमका उपाध्यक्ष मनिष गुरुङ लगायत बेल्जियममा कृयाशील संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
लुभेनमा आयोजित उधौली चासोक तङ्गनाममा उपस्थित पाहुनाहरुलाई किरात लिम्बु समुदायको परम्पराअनुसार तोंग्बा सगुनसहित स्वागत गरिएको थियो । उधौली चाड र किरात सभ्यता बारेमा माकुना राईले जानकारी गराउनु भएको थियो भने उपस्थित अतिथिहरुलाई सविन लिम्बुले स्वागत गर्नु भएको थियो । पितृपूजा अर्चना मुन्धुम बाचन साम्बा (पुजारी) हिमाल याक्थुङ, बिमल कुरूम्बाङ. सुब्बा, कर्ण नियोङ सुब्वा, अनिल जवेगु, बल बहादुर सेनेहाङ लिम्बु, पूर्ण काम्बाङ, डम्बर चोङबाड्, केलाङ लिम्बु च्याब्रुङ नाच कियाचु वेल्जियम साकेला नाच नेतृत्व केजिन राई सांस्कृतिक कलाकारहरूले गरेका थिए ।
संस्थाका कार्यबाहक अध्यक्ष पेमावती लिम्बुको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिब कला लिम्बुले गर्नु भएको थियो ।
किरात दाजुभाइ मानिने संस्था किरात राई सोसाईटी बेल्जियमलाई तोङ्बा लगायत सरदाम राखी शिर उभ्याईको थिये ।
सोही कार्यक्रममा संस्थाको तर्फबाट बेल्जियमको टप मोडेल किड्स प्रतियोगितामा फाइनल चरणमा प्रबेश पाएकी स्तुती बस्नेतलाई जिताउन भोटिङ गर्नको लागि आर्थिक सहयोग पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री