
काजाब्लांका क्यासेल्लो । तमु धिँ बेल्जियमद्वारा आयोजित २६०८ औं तमु ल्होछार कार्यक्रम लुभेनमा सम्पन्न भएको छ ।
विहीबार आयोजित तमु ल्होछार गरुड वर्ग कार्यक्रममा प्रमुख अतिथि बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारीले गुरुङ तमु समुदायको महान चाड ल्होछार नेपालको सम्पदा भएको उल्लेख गर्दै सबैलाई ल्होछारको शुभकामना दिनुभयो ।
कार्यक्रममा विशेष अतिथिद्वय एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, नेपाल आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष बिरमान मगर, नेकपा विप्लब युरोप अध्यक्ष बिष्णु भुजेल, नेकपा एमाले बेल्जियम अध्यक्ष चन्द्रकुमारी गुरुङ (ईशा), नेकपा माओवादी बेल्जियम अध्यक्ष प्रकाश पौडेल, जनसम्पर्क समिति बेल्जियम सभापति सुबास गुरुङ,संघीय समाज बेल्जियम अध्यक्ष नेत्र मगरले पनि शुभकामना दिएका थिए ।
तमु ल्होछार गरुड वर्ग कार्यक्रममा शेर्पा समाज बेल्जियम अध्यक्ष पेम्बा शेर्पा, विश्व मगर संघ बेल्जियम अध्यक्ष लोक रानामगर, आदिबासी जनजाति महासंघ बेल्जियम संस्थापक अध्यक्ष तथा समाजवादी पार्टी केन्द्रीय सदस्य पीजी शेर्पा, तामाङ समाज बेल्जियम अध्यक्ष राम लामा, किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ, इन्द्र धनुष क्लब अध्यक्ष मिङ गुरुङ, युरोनेपाल कलाकार संघ अध्यक्ष बलराम पुन लगायतले शुभकामना दिएका थिए ।
तमुधीँ बेल्जियम अध्यक्ष संगीता गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन निबर्तमान अध्यक्ष प्रबिना गुरुङ्ले गरेकी थिइन् । दोश्रो चरणको साँस्कृतिक कार्यक्रमको संचालन तमुस्यो नानी संगीता र गजेन्द्र गुरुङले गरेका थिए। कार्यक्रममा चर्चित कलाकार लाहुरे कान्छा,काजा गुरुङले व्यापक प्रस्तुति दिएर दर्शकदीर्घालाई भरपूर मनोरन्जन दिएका थिए ।

 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो