
लन्डन । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य तथा चर्चित कलाकार प्रकाश सपूत लगायतले लण्डनमा नेपाली दर्शकहरुलाई नचाएका छन्।
शनिबार बेलुका लण्डनको ह्यारो लेजर सेन्टरमा आयोजित कार्यक्रममा मह जोडीले बेलायतका दर्शककै लागि भनेर तयार गरेका नयाँ प्याकेज प्रस्तुत गरेका थिए।
प्रसिद्ध अंग्रेजी गीत ‘जिङ्गल बेल’ गाउँदै गरेका हरिवंश आचार्य छोराको भूमिकामा थिए भने मदनकृष्ण बाबुको भूमिकामा। मदन कृष्णले आफ्ना सात पुस्तालाई पुग्ने सम्पत्ति आफूले कमाइ दिएको बताउँदै गर्दा ‘छोरा’ हरिवंशले चाहिँ भ्रस्टाचारको पैसा आफूलाई नचाहिने बरु बाबुलाई नै जेल पठाउने चेतावनी दिए। त्यस्तै गएको ४५ वर्षदेखि जोडी बनाएर काम गरिरहेका महले अर्को प्रहसन ‘प्रश्नोत्तर’ मा दिवंगत राजा वीरेन्द्रदेखि टिकटकका मालिकको जिज्ञासा चिनियाँ भाषामा प्रस्तुत गर्दै रोचक जवाफ पनि दिएका थिए।
७३ वर्षको उमेरमा पनि सक्रिय रहेका वरिस्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘फूलबुट्टे सारी’ गीत गाउन थाले पछि दर्शकहरु स्टेज नजिकै गएर नाचेका थिए।
त्यस्तै चर्चित कलाकार हरिवंश आचार्यले ‘साझा बसमा जो पनि चढ्दछ’ लगायतका गीत सुनाए ।
चर्चित कलाकार प्रकाश सपूतले ‘डाँडा घरे साइँली,’ ‘फूलमाया’ लगायताका चर्चित गीतहरु गाएर दर्शकलाई नचाएका थिए।
कार्यक्रममा मदनकृष्णका छोरा यमन श्रेष्ठले ‘यमन मेरो नाउँ’ लगायतका गीत सुनाए भने छोरी सरना श्रेष्ठले ‘पानी छायाँ’ गीत गाउँदा मदनकृष्णले पनि साथ दिए। बेलायतमा बसोबास गर्ने गायिका शर्मिला बर्देवा लगायतका कलाकारले पनि रोचक प्रस्तुति दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले यस्ता कार्यक्रमले नेपाल र बेलायतबीच जनस्तरको सम्बन्ध अरु बलियो बनाउने बताए। उनले गोर्खा सैनिकहरु दुई देश बीचको ऐतिहासिक सम्बन्धको कडी हुन् भन्दै नेपाली समाजलाई दिशानिर्देश गर्ने काममा मह जोडी र प्रकाश सपूतले योगदान पुर्याइरहेको भन्दै प्रशंसा गरे।
कार्यक्रममा शुभकामना दिंदै लन्डन बरो अफ ह्यारोका मेयर काउन्सिलर भगवानजी चौहानले लन्डन विविधतामा एकताका लागि चिनिएको बताउंदै समाजलाई राम्रो बनाउन मिलेर काम गर्न आग्रह गरे।
वरिष्ठ कलाकारद्वय मह जोडी लगायतका कलाकारले आइतबार बेलुका अल्डरशटमा पनि प्रस्तुति दिंदै छन्।
कार्यक्रम आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले दर्शकहरुको न्यानो माया र सहभागिताबाट आफूहरु निकै उत्साहित भएको बताए ।
उनले अल्डरसटको कार्यक्रममा सहभागी हुन पनि सबै लाई आग्रह गरेका छन्।

(सबै तस्बिर: कुशल श्रेष्ठ)
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा