
लन्डन । लण्डन ह्यारोस्थित कल्याणकारी संस्था मेक्सवर्थ फाउन्डेशनले नेपाल, युक्रेन लगायतका मुलुकमा संचालित परियोजनाबाट स्थानीय समुदाय लाभान्वित भएको जनाएको छ।
उक्त फाउन्डेशनका अनुसार अन्तरराष्ट्रिय कल्याणकारी संस्था बी१ जी१ संग समन्वय गरी एसिया, युरोप तथा अफ्रिकामा उसका संचालन गरेका ७५ ओटा परियोजना योजनाबाट हजारौं मानिसहरु लाभान्वित भएका छन्।
लण्डनस्थित मेक्सवर्थ एकाउनटेन्टसका प्रबन्ध निर्देशक तथा मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाहले इकोलोजाइसंग समन्वय गरी विभिन्न एसियाली तथा अफ्रिकी मुलुकहरुमा १६हजार २४१ वटा बिरुवा रोपिएको र त्यसबाट अहिलेसम्म १३ हजार ७९५ टन कार्बन कटौती भएको बताए । उनले आफ्नो संस्थाले अरु हजारौं बिरुवाहरु रोप्ने दीर्घकालिन योजना बनाएको पनि जनाए।
हालै रुसी अतिक्रमण झेली रहेको युरोपेली मुलुक युक्रेनको पश्चिमी प्रान्त चर्निफ्त्सी पुगेर फर्केका शाहले त्यहाँ स्थानीय स्वयम्सेवकहरुको सहयोगमा वृद्धवृद्धा, बालबालिका तथा स्थानीय व्यक्तिहरुलाई खाने कुरा लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको बताए। “मानवताको कुनै सीमा हुँदैन । युद्धग्रस्त युक्रेनमा द्वन्द्वप्रभावित समुदायलाई हामीले नियमित रुपमा सहयोग प्रदान गर्ने योजना बनाएका छौं,“ उनले भने।
“अन्तरराष्ट्रिय कल्याणकारी संस्था बी१जी१ संगको सहकार्यमा हामीले प्रदान गरेको सहायताले विश्वव्यापी रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भएका छन्। हामीले प्रत्येक वर्ष नेपालका एक मेधावी छात्र वा छात्रालाई एसीसीए अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौं। त्यस्तै बेलायतस्थित संस्था नेपाल रनलाई पनि हामीले सघाउँदै आएका छौं,” शाहले भने।
मेक्सवर्थ फाउन्डेशनले नेपालमा अपाङ्ग सरोकार केन्द्र मार्फत व्हीलचेयर वितरण गरेको थियो भने मानव सेवा आश्रम तथा पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा रहनु भएका बाबाआमाहरुलाई भोजन प्रदान गरेको थियो। त्यस्तै सी आशा विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्रमा रहेका बालबालिकाहरुलाई पनि सहयोग गरेको थियो।
“सन् २०२४ मा हामीले लन्डनमा झन्डै ३०० सहभागीहरुको उपस्थितिमा एउटा च्यारिटी बल कार्यक्रम गर्ने योजना बनाएका छौं। उक्त कार्यक्रमबाट संकलित सम्पूर्ण रकम मेक्सवर्थ फाउन्डेशनलाई प्रदान गरिनेछ। त्यस्तै आउँदो वर्ष मेक्सवर्थ फाउन्डेशनलाई युकेको च्यारिटी कमिशनमा दर्ता गर्ने योजना रहेको छ। साथै अफ्रिकाको कुनै एउटा मुलुकमा कल्याणकारी कार्यक्रम संचालन गर्ने पनि हाम्रो योजना छ,“ शाहले भने।
मेक्सवर्थ एकाउनटेन्टसले आफ्नो वार्षिक आम्दानीको ३ प्रतिशत मेक्सवर्थ फाउन्डेशनलाई प्रदान गर्ने पनि जनाएको छ।
यो लिंकमा गएर फाउन्डेशनबारे थप जानकारी लिन वा सहयोग गर्न सकिने छ :
https://makesworthfoundation.com/
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित