चिनियाँ राष्ट्रपति भियतनाम भ्रमणमा

(Xinhua/Pang Xinglei)

हनोई । चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा आज भियतनाम आइपुग्नु भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनाममा मङ्गलबार रातो कार्पेट ओछ्याएर न्यानो स्वागत गरिएको छ ।
द्विपक्षीय सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले उहाँको राजकीय भ्रमण आयोजना गरिएको बताइएको छ ।
दुई दिने भ्रमणका क्रममा दुवै पक्षले चीन–भियतनाम सम्बन्धको स्तरोन्नति गर्ने र दुई देशबीचको व्यापक रणनीतिक सहयोगलाई अझ गहिरो र ठोस बनाउन बारे छलफल गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री