
रोम । चीनको बेल्ट एण्ड रोड पूर्वाधार परियोजनाबाट इटाली औपचारिक रूपमा पछि हटेको छ ।
इटालियन पत्रिका ‘कोरिएरे डेला सेरा’का अनुसार लामो समयदेखि अपेक्षित बेल्ट एण्ड रोड पूर्वाधार परियोजनासम्बन्धी निर्णयबारे तीन दिनअघि बेइजिङलाई जानकारी गराइएको थियो ।
इटालियन सरकारी स्रोतले एएफपीसँग भन्यो, “रोमले ‘राजनीतिक संवादका च्यानलहरू खुला राख्ने’ तरिकाले यस्तो गरिएको हो भन्ने बाहेक विस्तृत विवरण नदिइकन पछि हटेको पुष्टि गरिएको छ ।
गत वर्ष सत्तामा आउनुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले अघिल्लो सरकारले सन् २०१९ मा परियोजनामा सामेल हुने निर्णय ‘गम्भीर गल्ती’ भएको बताउनुभएको थियो ।
आलोचकहरूले ट्रिलियन डलरको लगानी योजनालाई राजनीतिक प्रभाव किन्ने उद्देश्यले गरिएको शिकारी ‘ट्रोजन हर्स’ को रूपमा उल्लेख गरेका छन् ।
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले गत सेप्टेम्बरमा भन्नुभएको थियो, “सदस्यताले हामीले अपेक्षा गरेअनुसारको परिणाम दिन सकेको छैन ।”
इटालीले यस वर्षको अन्त्यसम्ममा बहिर्गमन नगरेसम्म यो सम्झौता मार्च २०२४ मा स्वतः नवीकरण हुने थियो ।
तर रोमले बेइजिङलाई उक्साउने र इटालियाली कम्पनीहरूविरुद्ध प्रतिशोधको जोखिम मोल्न सचेत रहँदै आएको छ ।
मेलोनीले सेप्टेम्बरमा दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै रोमले चीनसँगको सम्बन्धमा कुनै सम्झौता नगरी यो परियोजना छोड्नसक्ने बताउनुभएको थियो ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह