
लण्डन । द गुरुङ (तमु) सोसाइटी इंक युएसएले तिहारको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।
सोसाइटीले नेपालीहरुको दोश्रो महान पर्व तिहारको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको सो कार्यक्रम धर्म हाउस उडसाइडमा शनिबार सम्पन्न भएको थियो । कार्यक्रममा सबैभन्दा पाका महिला बेलकुमारी घले र अध्यक्ष ओम गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरेर र पञ्च कन्या नानीहरु उपस्थित भई कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा उपस्थित सबै सहभागीले नेपालको गाउँघरमा जस्तै मौलिक रुपमा मादल, खैचडी, सारंगी, गितारको तालमा भट्याएर देउसी भैली खेलेका थिए । उपस्थित सहभागीहरुले भैली कार्यक्रमको दृश्य कुनै शहरको हलमा नभएर कुनै गाउँभरको खुल्ला आकाशमा कसैको घर आँगनीमा भैली खेलेको अनुभूति गराएको प्रतिकृया दिए ।
सबै सहभागीहरुले भैलीलाई गच्छेअनुसारको दान गरेका थिए । कार्यक्रममा बाल कलाकार ओजा गुरुङ र २५ वर्षदेखि न्यूयोर्कमा नृत्य गर्दै आएकी वरिष्ठ कलाकार वसन्ती राई तथा कलाकार रुथमान गुरुङले नृत्य प्रस्तुत गरेका थिए । साथै अध्यक्ष ओम गुरुङ, प्रथम महिला डा सुलोचना गुरुङ र युवा अमिर गुरुङले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा तिहारको हार्दिक शुभकामना व्यक्त गर्दै अध्यक्ष ओम गुरुङले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष गुरुङले देउसी भैली कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने संस्थापक अध्यक्ष, सल्लाहकारहरु, सम्पूर्ण आजीवन सदस्यहरु, कार्यसमिति सदस्यहरु, द गुरुङ (तमु) सोसाइटी आमा चेलीबेटी आमा दिदीबहिनीहरु, साधारण सदस्यहरु, स्वंयसेवक युवा भाइबहिनीहरु सबैप्रति आभार व्यक्त गरे ।

नेपाली संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्दै जानको लागि र आफ्नो राष्ट्र र माटोको सम्मानको लागि पनि परदेशको भूमlमा यस्तो कार्यक्रम आयोजना गरेको सोसाइटीले जनाएको छ ।
हरेक व्यक्तिको साथ सहयोगले नै हाम्रो समाज अझ बलियो हुने हुनाले आउने कार्यक्रमहरुले सामाजिक सद्भाव कायम गर्न यस्तो कार्यक्रम गर्दै आएको सोसाइटीका अध्यक्ष ओम गुरुङले बताए । कार्यसमिति सदस्य अर्जुन गुरुङ तथा कोषाध्यक्ष अञ्जित गुरुङले कार्यक्रमको संयोजन गरेका हुन् । कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष अलिशा गुरुङले स्वागत गरेका थिए । कार्यक्रममा नेपाली मौलिक परिकारहरु सेलरोटी, आलुदम, भट्मासको अचार, नेपाली खाना दालभात, खसी तथा कुखुराको मासु लगायतका परिकार कार्यसमिति सदस्य तथा अन्य स्वयंसेवकहरुले बनाएर खुवाएका थिए ।
कार्यक्रममा उपस्थित सबै दाजुभाइहरुलाई टोपी लगाएर तथा दिदीबहिनीहरुलाई फूल दिएर स्वागत गरिएको थियो । साथै द गुरुङ (तमु) सोसाइटी आमा चेलीबेटी आमा दिदीबहिनीहरुले विभिन्न परिकारहरु अचार, सेलरोटी र फूलहरु प्रदान गरी सहयोग गरेका थिए ।
कार्यक्रममा झण्डै ६ हजार ५ सय डलर रकम संकलन भएको थियो । परम्परागत शैलीमा देउसी भैली खेलेपछि कार्यक्रममा उपस्थित सबै जना नेपाली लोक दोहोरी तथा झ्याउरे गीतमा कम्मर मर्काइमर्काइ नाचेर मनोरञ्जन लिएका थिए । कार्यक्रममा ४ वर्षका बालबालिकादेखि ७५ वर्ष उमेरसम्मका सहभागी सबैलाई निशुल्क रुपमा प्रवेश तथा खानाको व्यवस्था गरिएको थियो ।
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
पोखरामा युरोपेली सङ्घ चलचित्र महोत्सव : बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुसहित २५ चलचित्र
टोकियो डोममा दोस्रो पटक नेपथ्य
नेपालमा एक/दुई हप्तामै राहदानी सेवा सरल हुने
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन