
लण्डन । द गुरुङ (तमु) सोसाइटी इंक युएसएले तिहारको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।
सोसाइटीले नेपालीहरुको दोश्रो महान पर्व तिहारको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको सो कार्यक्रम धर्म हाउस उडसाइडमा शनिबार सम्पन्न भएको थियो । कार्यक्रममा सबैभन्दा पाका महिला बेलकुमारी घले र अध्यक्ष ओम गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरेर र पञ्च कन्या नानीहरु उपस्थित भई कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा उपस्थित सबै सहभागीले नेपालको गाउँघरमा जस्तै मौलिक रुपमा मादल, खैचडी, सारंगी, गितारको तालमा भट्याएर देउसी भैली खेलेका थिए । उपस्थित सहभागीहरुले भैली कार्यक्रमको दृश्य कुनै शहरको हलमा नभएर कुनै गाउँभरको खुल्ला आकाशमा कसैको घर आँगनीमा भैली खेलेको अनुभूति गराएको प्रतिकृया दिए ।
सबै सहभागीहरुले भैलीलाई गच्छेअनुसारको दान गरेका थिए । कार्यक्रममा बाल कलाकार ओजा गुरुङ र २५ वर्षदेखि न्यूयोर्कमा नृत्य गर्दै आएकी वरिष्ठ कलाकार वसन्ती राई तथा कलाकार रुथमान गुरुङले नृत्य प्रस्तुत गरेका थिए । साथै अध्यक्ष ओम गुरुङ, प्रथम महिला डा सुलोचना गुरुङ र युवा अमिर गुरुङले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा तिहारको हार्दिक शुभकामना व्यक्त गर्दै अध्यक्ष ओम गुरुङले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष गुरुङले देउसी भैली कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने संस्थापक अध्यक्ष, सल्लाहकारहरु, सम्पूर्ण आजीवन सदस्यहरु, कार्यसमिति सदस्यहरु, द गुरुङ (तमु) सोसाइटी आमा चेलीबेटी आमा दिदीबहिनीहरु, साधारण सदस्यहरु, स्वंयसेवक युवा भाइबहिनीहरु सबैप्रति आभार व्यक्त गरे ।

नेपाली संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्दै जानको लागि र आफ्नो राष्ट्र र माटोको सम्मानको लागि पनि परदेशको भूमlमा यस्तो कार्यक्रम आयोजना गरेको सोसाइटीले जनाएको छ ।
हरेक व्यक्तिको साथ सहयोगले नै हाम्रो समाज अझ बलियो हुने हुनाले आउने कार्यक्रमहरुले सामाजिक सद्भाव कायम गर्न यस्तो कार्यक्रम गर्दै आएको सोसाइटीका अध्यक्ष ओम गुरुङले बताए । कार्यसमिति सदस्य अर्जुन गुरुङ तथा कोषाध्यक्ष अञ्जित गुरुङले कार्यक्रमको संयोजन गरेका हुन् । कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष अलिशा गुरुङले स्वागत गरेका थिए । कार्यक्रममा नेपाली मौलिक परिकारहरु सेलरोटी, आलुदम, भट्मासको अचार, नेपाली खाना दालभात, खसी तथा कुखुराको मासु लगायतका परिकार कार्यसमिति सदस्य तथा अन्य स्वयंसेवकहरुले बनाएर खुवाएका थिए ।
कार्यक्रममा उपस्थित सबै दाजुभाइहरुलाई टोपी लगाएर तथा दिदीबहिनीहरुलाई फूल दिएर स्वागत गरिएको थियो । साथै द गुरुङ (तमु) सोसाइटी आमा चेलीबेटी आमा दिदीबहिनीहरुले विभिन्न परिकारहरु अचार, सेलरोटी र फूलहरु प्रदान गरी सहयोग गरेका थिए ।
कार्यक्रममा झण्डै ६ हजार ५ सय डलर रकम संकलन भएको थियो । परम्परागत शैलीमा देउसी भैली खेलेपछि कार्यक्रममा उपस्थित सबै जना नेपाली लोक दोहोरी तथा झ्याउरे गीतमा कम्मर मर्काइमर्काइ नाचेर मनोरञ्जन लिएका थिए । कार्यक्रममा ४ वर्षका बालबालिकादेखि ७५ वर्ष उमेरसम्मका सहभागी सबैलाई निशुल्क रुपमा प्रवेश तथा खानाको व्यवस्था गरिएको थियो ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत