
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको च्यारिटी डिनर नाइटको तयारी पूरा भएको जनाइएको छ ।
आउँदो शनिबार २५ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको आवश्यक तयारी पूरा भएको बीसीसी यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोबिन गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रमुख अतिथिको रुपमा स्थानीय काउन्सिलर मेयर क्लीभ गटनलाई आमन्त्रण गरिएको छ । त्यस्तै, नेपाली दूतावास लण्डन, विभिन्न संघसंस्था, उद्यमी, व्यापारी, शुभचिन्तकलगायत भक्तजनहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ । साथसाथै, बीसीसी यूकेका धर्म गुरु खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घलेलगायत लामा गुरुहरुको समेत विशेष उपस्थिति रहने छ ।
हालसम्म तमु धिं यूके, मगर एशोसिएशन यूके, शेर्पा एशोसिएशन यूके, रेडिङ्ग बुद्धिष्ट गुम्बा, चार भन्ज्याङ्ग तमू समाज, बीसीसी यूके लण्डन शाखा, सहारा यूके, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), तामाङ्ग सोसाईटी यूके, घम्पुस झर्गे खलक, नेपाली भिलेज, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, गिल्फोर्ड नेप्लिज कम्युनिटी, बुद्धिष्ट कम्युनिटी स्वीन्डन, एन्डोभर नेपाली कम्युनिटी, धम्पुस पोखरी चेलीबेटी, एनआरएनए यूके, मर्दिखोला समाज यूके, थाउजेन्ट बुद्ध रेडिङ्ग, जीआरएनसी यूके, केजीथ्री, टीएनपीपी यूके, थ्रि सिस्टर्स, क्याम्बर्ली नेपाली समाज यूकेलगायत संघसंस्थाहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको संयोजक गुरुङले जानकारी गराए ।
त्यस्तै, व्यक्तिगत रुपमा बीसीसी यूकेका पदाधिकारी, आमाहरु, भक्तजन तथा शुभचिन्तकहरुमार्फत समेत विभिन्न व्यक्ति, संघसंस्था, उद्यमी तथा व्यापारीहरुलाई उपस्थितिका लागि अनुरोध गरिरहेको बीसीसी यूकेले जनाएको छ ।
बीसीसी यूकेको विभिन्न परियोजनाहरुको सहयोगार्थ आयोजना गर्न लागिएको उक्त च्यारिटी डिनर नाईट कार्यक्रममा राफल चिठ्ठा खेलाइने छ भने विभिन्न महत्वपूर्ण सामग्रीहरुको लिलाम बढाबढ तथा बिक्री समेत गराइने भएको छ । सो राफल चिठ्ठाको पुरस्कार र लिलाममा राखिने विभिन्न सामानहरु विभिन्न दाताहरुले स्पोन्सर गरिरहेको छ । यदि कुनै व्यक्ति, संघसंस्था, उद्यमी तथा व्यापारीहरुले सो पुरस्कार तथा लिलाम सामानहरुको स्पोन्सर गर्न चाहेमा बीसीसी यूकेमा गर्न सम्पर्क समेत अनुरोध गरिएको छ ।
बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न हुन लागेको उक्त च्यारिटी डिनर नाईट कार्यक्रममा सहभागी भई पुण्य संचय गर्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा बीसीसी यूकेले अनुरोध गरेको छ ।
स्मरण रहोस्, बीसीसी यूकेले प्रत्येक बर्ष च्यारिटी डिनर नाईट कार्यक्रमको आयोजना गर्दै आएको छ ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु