मैले देखेको एनआरएनएको विश्व सम्मेलन

गैर आवासीय नेपाली संघको २०२३ को सोल्टी होटलको सम्मलेनमा प्रत्यक्ष भाग लिंदाको केही अनुभव मेरो ब्यक्तिगत दृष्टिकोणबाट सारांशमा प्रस्तुत गरेको छु ।
उदघाटन समारोहको तामझाम समेतको तैयारी र राष्ट्रपतिलगायत मन्त्रिहरुको उपस्थितिले केही रौनक छाएको थियो । डा. शेष घले समेतलाई एक कार्यक्रमको बक्ताको रूपमा राखिएकोले यस पटक केही होला कि जस्तो लागेको थियो तर राष्ट्रपति रामचंद्र पोड़ैलको बिदाई संगसँगै सबैजसो प्रतिनिधिहरु बाहिर आपसी भेटघाट र चुनाबी तैयारी तथा तालमेलमा जुटी हाले ।
विज्ञ सम्मलेन
कार्यक्रम सुरु भयो बिज्ञ सम्मलेनबाट । विभिन्न प्लेनरी सभाहरु गठन गरी बिज्ञ सम्मलेन समेत योजना गरिएकोमा विशेष कार्यक्रम, मुलुकको सम्बृद्धिको लागि मार्ग दर्शन दिने उच्च स्तरीय सभा थियो । यसमा समेत करीब बीस जना जति मात्र सहभागी उपस्थिति थिए । बाँकÞी आठ सय प्रतिनिधिहरु बाहिर भोजन पंडालमा, बारमा तथा चुनाबी खेलको भेटघाटमा ब्यस्त थिए । अन्य कार्यक्रमहरुमा कार्यपत्र प्रस्तुत गर्नेको संख्या र श्रोताको संख्या झण्डै उस्तै थियो ।
साधारण सभा
यो सम्मेलनको अभिन्न अंग हुनु पर्ने संघको बार्षिक गतिविधि, अध्यक्षको प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुति, छलफल र पारित गर्ने, लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने आदि विषय कसैको प्राथमिकतामा परेन र ध्यान पनि गएन । अन्ततः यो भागको समायोजन बिना नै सम्मलेन सम्पन्न भएको मानियों ।
राम कुमारी झांक्री
यस सम्मलेनमा अर्को चर्चाको बिषय रह्यो । गैर आवासीय नेपाली नागरिकता र मताधिकार नामक कार्यक्रम राम्रैसँग चलिरहेको थियो, जब प्रश्नोत्तरको लागि आवाजÞ उठाइयो, आयोजकले समय दिए, अनि राजनैतिक नाटक मंचन भयो । प्रश्नकर्ताले प्यानल सदस्यको विरोध गर्ने उद्येश्यले बोल्दा राजनैतिक ब्यक्तित्व तथा अतिथिलाई पनि ब्यक्तिगत रूपले उदाहरण दिए र जवाफमा झाँक्रीले त सम्पूर्ण गैर आवासीय नेपालीलाई नै होच्याएर आक्रोश नै पोखिन । नेपाल जहाँ कही पनि विरोध गर्नेको आवाजÞ सुनिन्छ र उस्को आँट प्रति गर्व गरी लोकप्रिय बनाइन्छ, त्यसैको क्षणिक फाइदा उठाइन्, झाक्रीले । आफूलाई मंचबाट नै शिक्षित हूँ भन्ने झाँक्रीले नेपाली कामदारले बिदेशमा गएर गरेको श्रमलाई सम्मान गर्नु पर्छ भन्ने शिक्षा लिन अझै बाँकÞी रहेको प्रस्ट देखियो । हरेक दिन नेपालबाट श्रमिकदेखि विज्ञसमेत विदेशिन बाध्य भएको स्थिति छ भने रेमिटेन्सले विदेशी मुद्राको सन्तुलन धानेको यथार्थ सर्वविदितै छ ।
तर युवा नेत्रीले यी तथ्यहरुलाई नजरअन्दाज गर्दै आक्रोश पोख्न मौका छोडिनन् तर मैले बुझ्न नसकेको कुरा एउटा हरुवा सांसद र अल्पकालिन पूर्व मन्त्रीलाई यो प्यानलमा बस्ने निमन्त्रणा नै किन दिइयो होला ? तर जे भए पनि राजनैतिक ब्यक्तित्व खस्कँदो गति भएको अवस्थामा संघको सम्मलेनबाट मुलुक भित्र चाहिँ झाँक्रीलाई क्षणिक फाइदा भने अवश्य पुगेको छ ।
निर्वाचन परिणाम
विद्युतीय प्रणालीको मतदान सम्पन्न त भयो तर एउटा गम्भीर त्रुटि देखियो । निर्वाचन समितिले सामान्य रुजू मात्र गरेको भए शायद यो बबन्डर मच्चिने थिएन होला । यस्को निहँुमा सम्पूर्ण परिणामलाई शंका गरी हरुवा पार्टीका पक्षधरले परिणाम नै बहिस्कारको माग गरे । फलस्वरूप अर्को समानान्तर समिति गठन गरेको घोषणा समेत गरे । टुक्रिएको संघबाट अर्को टुक्रा पनि उछिट्टियों । नेपालको कानूनी अदालतले अन्य गैर आवासीय नेपाली संस्था समेत खोल्न पाइने निर्णय गरेको त ज्ञात नै छ । अनि के को रुवाई ? मिल्यौँ वा नटुक्रिऔँ आदि भनेर ? अरु पनि संस्था खुलून्, सबै पार्टीले खोलून् । आखिर विपक्षीको भूमिका पनि त चाहियो लोकतन्त्रमा । वाचडगको भूमिका पनि त आवश्यक पर्छ । मूलधारको संस्थाले उत्कृष्ट काम गरेर देखाए ती टुक्रिएकाहरु त्यसै ओझेलमा पर्ने छन् । त्यसैले आफ्नो उद्देश्यप्रति केन्द्रित भएर प्रतिफल दिने खालको नीति तथा कार्यक्रम बनाई काम गर्नु बिकल्प छैन ।
राष्ट्रिय समाचार
पहिले जस्तै यस पटक पनि सँघको सम्मलेनमा पत्रकारहरुको घुइँचो त लागेकै थियो । पत्रकारहरु अन्तर्वार्ता लिएर खुराकÞको खोजीमा देखिन्थे । कति मिडियाले उम्मेदवारको विज्ञापन समेत अपेक्षा गरेको देखियो भने केहीलाई राजनैतिक पक्षको हितको मात्र चासो भएको देखियो ।
समग्र ब्यवस्थापन
पूर्व तैयारी ठीक थियो तथापि सौजन्यदाताहरुको उचित उपयोगिता देखिएन । स्टाल भए पनि त्यहाँ खासै चासो देखिएन । समय तालिका – कुन कार्यक्रम कहाँ र कतिबेला हुनेछ भन्ने जानकारीको कमीले पनि प्रतिनिधिहरु अन्यौलमा देखिन्थे । संघको सचिवालयको एक यूनिटको होटल हातामा सक्रिय भएर उपस्थिति भैदिएको भए, यो समस्या हुने थिएन ।
राजनैतिक हस्तक्षेप
गैर आवासीय नेपाली संघलाई अब गैर राजनैतिक संस्था भन्नु निरर्थक हुने देखियो । राजनैतिक पार्टीहरु खुलेर आफ्नै उम्मेदवारलाई मात्र जिताउन लागि परेका छन् । विदेशमा ८० लाख नेपाली छन्, ती सबैजसोका नजिकका परिवार नेपालमा छन्, उनिहरु नियमित कुरा गरी रहन्छन्, नेपालकै राजनीतिको बारेमा । विदेशको सिस्टम देखेका, केही पढ़ेका, संसार बुझेकाले नै आफ्ना परिवार तथा आफन्तलाई सल्लाह, सुझाव र कतिपयले त सोझै निर्देशन पनि दिन्छन् । कस्लाई भोट हाल्ने भनेर, लोकतन्त्रमा भोटले नै सरकार बनाउँछ । त्यसको अर्थ आधा नेपालको राजनीति पनि गैर आवासीय नेपालीले चलाउँछन् । यो भोट बैक कब्जÞा गर्न राजनैतिक पार्टीहरुले यो संस्थामा चलखेल गर्न खोज्नु अचम्म भएन । अब हामीले आफँैलाई भ्रममा नराखौँ, भ्रम नछरौँ किनकी नेपालको राजनैतिक समायोजनबाट अलग रहेर संस्था चलेको छैन र चल्दैन । पहिले २०२१ मा एउटा पार्टीले चलखेल गर्यो, अहिले अर्को पार्टीले गर्यो । यो तथ्यलाई आत्म साथ गरौँ । तर पार्टीको झोला नबोक्ने जनता धेरै छन्, देशमा पनि र बिदेशमा पनि ।जस्ले अनुभूति हुने खालको उपलब्धि गरेर देखाउन सक्छ त्यसैले मत पाउँछ, देशमा होस वा संस्थामा ।
अन्तमा गैर आवासीय नेपाली संस्थाले अहिलेसम्म महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । यसमा खुशी मनाउनु पर्छ र योगदानलाई निरन्तरता दिनु पर्छ । अरु धेरै हासिल गर्नु छ । जय एनआरएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री