वासिङ्टन । अमेरिकी इतिहासमा पहिलो पटक अमेरिकाको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ) का सभामुख केभिन म्याककार्थीलाई पदबाट हटाइएको छ ।
कुनै पनि हालतमा राजीनामा नदिने भन्दै आएका म्याककार्थीका लागि यसबाहेक कुनै विकल्प बाँकी थिएन । उहाँलाई निष्कासन गर्ने रिपब्लिकनहरू उहाँको पक्षमा थिएनन् भने डेमोक्र्याट सांसदहरू पनि उहाँलाई पदमा राखिरहन वार्ताका लागि तयार थिएनन् ।
मङ्गलबार बेलुका सांसदहरूलाई उहाँले सभामुखका लागि फेरि उम्मेदवार नबन्ने बताउनुभएको थियो । रिपब्लिकनहरूको बहुमत रहेको तल्लो सदनलाई नेतृत्व गर्ने स्पष्ट उत्तराधिकारी नहुँदा अर्को चरण थप अन्योल भएको छ ।
रिपब्लिकनहरूले अर्को सभामुख चयन नगरुन्जेल सदनको कारबाही अर्को सातासम्मका लागि स्थगित गरिएको छ ।
“मैले मतदानमा बहुमत गुमाएको हुन सक्छ तर यो कक्षबाट बाहिर निस्कँदा सभामुख पदको सेवा गर्न पाएकामा आफूलाई भाग्यमानी महसुस गरेको छु”, पत्रकार सम्मेलनमा म्याककार्थीले भन्नुभयो, “म केही पनि परिवर्तन गर्दिन ।”
म्याककार्थीका मुख्य प्रतिद्वन्द्वी फ्लोरिडा राज्यका रिपब्लिकन सांसद म्याट गेट्जले सभामुख पद खाली गराउन दुर्लभ मतदानको व्यवस्था गरे र नाटकीयरूपमा दिउँसो त्यसलाई अगाडि बढाएका थिए ।
गत जनवरीमा रिपब्लिकनहरूको झिनो बहुमतमा म्याककार्थी सभामुख बन्नुभएको थियो । त्यतिबेला उहाँलाई सभामुख बन्न रोक्न खोज्ने आठ जना कट्टर दक्षिणपन्थी रिपब्लिकनहरूले यस पटक सभामुखबाट हटाए ।
बैठकको अध्यक्षता गरेका अधिकारीले म्याककार्थीका पक्षमा दुई सय १० र विपक्षमा दुई सय १६ मत आएको भन्दै सभामुख पद रिक्त भएका घोषणा गरेका थिए ।
त्यसको केही समयमा म्याककार्थीका शीर्ष सहयोगी रिपब्लिकन सदस्य प्याट्रिक म्याकहेनरी आर एन सीलाई सदनको नियमानुसार अर्को सभामुख चयन नभएसम्मका लागि काम गर्न नियुक्त गरियो ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप