नयाँदिल्ली । माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित हुनुभएको छ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित हुनुभएको हो ।
माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपीएम) का उम्मेदवार मोहम्मद मुइज्जुले शनिबार भएको निर्वाचनमा सोलिहलाई पराजित गर्नुभएको हो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट जित हासिल नगरेपछि दोस्रो चरणको मतदानमा उहाँले जित हात पार्नुभएको हो । उहाँले ५३ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
लोकतन्त्र सुदृढ भइनसकेको हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्सले चीनसँगको नयाँ र भारतसँगको परम्परागत सम्बन्धलाई अब कसरी अघि बढाउँछ भन्नेमा धेरैको चासो बढेको छ । राजनीतिक विश्लेषकहरूले नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको कूटनीतिक परीक्षण हुने बताएका छन् ।
नेता मुइज्जु चिनियाँ ऋण स्वागत गर्ने र यसअघि सत्तामा हुँदा असहमतमाथि दमन गर्ने व्यक्तिका रुपमा परिचित हुनुुहुन्छ ।
देशको राष्ट्रपति निर्वाचित भएपछि आफ्नो पार्टीको मुख्यालयमा मन्तव्य व्यक्त गर्दै आफूलाई मतदान गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ । राष्ट्रपति निर्वाचित मुइज्जुले भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय भोगिरहेका पूर्वराष्ट्रपति अब्दुल्ला यामीनलाई रिहा गर्न सरकारलाई आग्रह गर्नुभयो ।
मुइज्जु हाल राजधानी मालेको नगरप्रमुख हुनुहुन्छ । उहाँले बेलायतको युनिभर्सिटी अफ लिड्सबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिमा मुइज्जु विजयी भएकामा उहाँलाई बधाई दिनुभएको छ । “माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएकोमा उहाँलाई बधाई एवं शुभकामना । भारत–माल्दिभ्स द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन तथा हिन्द महासागर क्षेत्रमा समग्र सहयोग अभिवृद्धि गर्न भारत प्रतिबद्ध छ,” उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान