
पेरिस । निजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई निजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताउनुभएको हो ।
गत जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले निजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःशर्त हिरासतमुक्त गरेर पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै आएको छ । विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतसहित कूटनीतिक कर्मचारी बन्धक बनेका हुन् ।
फ्रान्सेली राष्ट्रपतिले राजदूत, सिल्भेन इट्टलाई बाहिर निस्कन नदिइएको तथा खाद्यान्न आपूर्ति पनि रोकिएकाले उनीसहित सबै कूटनीतिक कर्मचारीले सैनिक रासन खाइरहेका बताउनुभएको छ । सैन्य विद्रोहबाट सत्ता कब्जा गरेपछि नयाँ सरकारले राजदूत इट्टलाई देश छाड्न आदेश दिएको थियो । राजदूत इट्टले सैन्य सरकारको आदेश अस्वीकार गरेपछि उनको प्रवेशाज्ञा (भिसा) खारेज गर्दै उनलाई निष्काशन गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
निजरको शान्ति–सुरक्षा तथा विकासमा सघाउन परिचालन भएका फ्रान्सेली सैनिकलाई फिर्ता गर्न सैनिक सरकारले सत्ता कब्जा गरेको दिनदेखि नै गर्दै आएको छ । फ्रान्सले भने राष्ट्रपति मोहम्मद बाजुम नेतृत्वको सरकासँगको सम्बन्ध एवं वैधताअनुसार व्यवहार गर्ने दोहो¥याउँदै आएको छ ।
राजदूतलाई उद्धार गर्ने सम्बन्धमा सोधिएको जिज्ञासाको जवाफ पनि राष्ट्रपति म्याक्रोँले राष्ट्रपति बाजुमसँगको सहमतिअनुसार गर्ने बताउँदै उहाँसँग आफू निरन्तर सम्पर्कमा रहेको बताउनुभयो । निजरको वैधानिक शासक राष्ट्रपति बाजुम भएको दोहो¥याउँदै उहाँले सैन्य शासकलाई फ्रान्सले अनुमोदन नगरेको स्पष्ट गर्नुभयो ।
फ्रान्सेली विदेश मन्त्री क्याथरिन कोलोनाले नियामेस्थित दूतावासमा सानो टोलीका साथ राजदूत इट्टेले काम गरिरहेका बताउँदै जति दिन उनी त्यहाँ रहन चाहन्छन् त्यो निजमा नै निर्भर हुने जनाएकी छन् । यद्यपि उनले राजदूतलाई फिर्ता बोलाउने विषय राष्ट्रपतिको निर्णयमा निर्भर हुने पनि बताइन् ।
फ्रान्सले निजरबाट आफ्ना सेनालाई फर्काउनेबारेमा पनि सैनिक अधिकारीहरूसँग छलफल गरिरहेको बताइएको छ । सैनिक विद्रोहपछि निजरका नागरिकमा फ्रान्स विरोधी भावना पनि बढेकाले चाँडै नै पेरिसले सेना फर्काउनसक्ने अफ्रिकी मुलुकमा सेवा गरेका एक जना पूर्व फ्रान्सेली राजदूतले बताएका छन् ।
आफ्ना एक जना छोरा र श्रीमतीका साथ सैनिक हिरासतमा रहनुभएका राष्ट्रपति बाजुमलाई सेनाले अमानवीय व्यवहार गरेको, आधारभूत आवश्यकताबाट वञ्चित गरेको उहाँको पार्टीले बताएको छ । हिरासतमा कष्टकर जीवन बिताइरहनुभएका उहाँले कठोर सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउन स्वतन्त्रताका पक्षधर सबै निजरवासीलाई आह्वान गर्नुभएको छ ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप