लिबियामा बाढीबाट मर्नेको संख्या ११ हजार नाघ्यो

त्रिपोली । लिबियामा बाँध फुट्दा आएको बाढीबाट ज्यान गुमाउनेहरूको संख्या ११ हजार नाघेको छ ।

उद्धारकर्ताहरूका अनुसार अहिले सो संख्या ११ हजार ३०० पुगेको र अझै बढ्न सक्ने बताएका छन् ।

सेप्टेम्बर १० मा मुसलधारे वर्षापछि आएको बाढीले बाँध भत्काउँदा पूर्वी लिबियाको डेर्ना शहरलाई बाढीले बगाएको थियो ।

सो शहरका मेयरले मृत्यु हुनेहरूको संख्या १८ हजार देखि २० हजारसम्म पुग्नसक्ने अनुमान गरेका छन् । उनका अनुसार अझै दशौँ हजार हराइरहेका छन् ।

बाढीबाट करिब ३० हजार मानिसहरू घरबारविहीन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री