युरोपेली केन्द्रीय बैँकले दशौँपटक ब्याजदर बढायो

लण्डन । युरोपेली केन्द्रीय बैंकले मुद्रास्फितिलाई सम्बोधन गर्न दशौँपटक ब्याजदर बढाएको छ ।

बैँकले वाणिज्य बैँकहरूको निक्षेप दर ३.७५ प्रतिशतबाट ४ प्रतिशत पुर्याएको छ । तथापि यो दर बेलायतको ब्याज दरभन्दा कम्ती नै छ ।

यो सन् १९९९ मा युरोपियन युनियनको स्थापना भएयताकै सबैभन्दा उच्च दर रहेको बताइएको छ ।

बैंकहरूलाई कर्जा प्रदान गर्ने सीमान्त कर्जा सुविधा पनि एक चौथाई अंकले बढेर ४.७५ प्रतिशत पुगेको छ ।

युरोपमा अहिले मुद्रास्फितिको दर ५ प्रतिशत रहेको बताइएको छ ।

युरोपियन केन्द्रीय बैँकले ब्याजदर बढाएपछि बेलायतमा पनि केन्द्रीय बैँकले आउने साता ब्याजदर बढाउने सम्भावना बढेको छ । बेलायतमा पनि केन्द्रीय बैँकले १४ पटक ब्याजदर बढाइसकेको छ ।

बढ्दो मुद्रास्फितिलाई रोक्न केन्द्रीय बैँकले ब्याजदर बढाइरहे पनि अपेक्षित दरमा मुद्रास्फिति घट्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री