
ब्रसेल्स । मगर र तामाङ जातिभित्रको वैवाहिक सँस्कारका बारेमा राष्ट्रिय टेलिभिजनबाट विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारबाही गर्न विश्व मगर फेडरेसन बेल्जियम र तामाङ समाज बेल्जियमले माग गरेको छ ।
दुई संस्थाले बेल्जियमस्थित नेपाली दुताबासमा पाण्डेमाथि कारबाहीको माग गर्दै संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।
पाण्डेले २०८० साउन ७ गते प्राईम टाइम टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘चिया गफ’ मा तामाङ् र मगर जातभित्र दाजुभाइ दिदीबहिनी बीचमा विवाह हुन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन् । उनको सो अभिव्यक्तिले समस्त मगर र तामाङ समुदायलाई आँच पुगेको ठहर दुई संस्थाको छ ।
आधारहीन र तथ्यहीन अभिव्यक्तिमार्फत सिङ्गो समुदायलाई नै आपराधीकरण गर्ने र समुदायका सम्पूर्ण मानिसहरुलाई पशुसँग तुलना गर्दा समुदायमा ठूलो चोट पुगेको उनीहरूको भनाइ छ ।
यस्तो अति नै घृणित अनि कपोकल्पित अभिव्यक्तिले सिङ्गो तामाङ्ग र मगर समुदायहरुको चल्दै आएको रितिरिवाज, संस्कार, संस्कृति, धर्म, आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुर्याएकोले पाण्डेमाथि कारबाही गर्न दबाब दिन शान्तिपूर्ण रुपमा जिल्ला प्रहरी परिसर टेकु घेराऊ गर्न जाँदा प्रहरीले अनाबश्यक बल प्रयोग गरी एक दर्जनभन्दा बढी अभियन्ताहरूलाई चरम यातना दिइएकोमा पनि ज्ञापनपत्रमा निन्दा प्रकट गरिएको छ । प्रहरी दमनको सही र सत्य छानबिनसहित दोषीमाथि कारबाहीको पनि माग गरिएको छ ।
ज्ञापनपत्रमा विश्व मगर संघ बेल्जियमका तर्फबाट अध्यक्ष लोक राना र तामाङ समाज बेल्जियमका तर्फबाट राम लामाले हस्ताक्षर गरेका छन् ।
 पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप