
ब्रसेल्स । मगर र तामाङ जातिभित्रको वैवाहिक सँस्कारका बारेमा राष्ट्रिय टेलिभिजनबाट विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारबाही गर्न विश्व मगर फेडरेसन बेल्जियम र तामाङ समाज बेल्जियमले माग गरेको छ ।
दुई संस्थाले बेल्जियमस्थित नेपाली दुताबासमा पाण्डेमाथि कारबाहीको माग गर्दै संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।
पाण्डेले २०८० साउन ७ गते प्राईम टाइम टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘चिया गफ’ मा तामाङ् र मगर जातभित्र दाजुभाइ दिदीबहिनी बीचमा विवाह हुन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन् । उनको सो अभिव्यक्तिले समस्त मगर र तामाङ समुदायलाई आँच पुगेको ठहर दुई संस्थाको छ ।
आधारहीन र तथ्यहीन अभिव्यक्तिमार्फत सिङ्गो समुदायलाई नै आपराधीकरण गर्ने र समुदायका सम्पूर्ण मानिसहरुलाई पशुसँग तुलना गर्दा समुदायमा ठूलो चोट पुगेको उनीहरूको भनाइ छ ।
यस्तो अति नै घृणित अनि कपोकल्पित अभिव्यक्तिले सिङ्गो तामाङ्ग र मगर समुदायहरुको चल्दै आएको रितिरिवाज, संस्कार, संस्कृति, धर्म, आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुर्याएकोले पाण्डेमाथि कारबाही गर्न दबाब दिन शान्तिपूर्ण रुपमा जिल्ला प्रहरी परिसर टेकु घेराऊ गर्न जाँदा प्रहरीले अनाबश्यक बल प्रयोग गरी एक दर्जनभन्दा बढी अभियन्ताहरूलाई चरम यातना दिइएकोमा पनि ज्ञापनपत्रमा निन्दा प्रकट गरिएको छ । प्रहरी दमनको सही र सत्य छानबिनसहित दोषीमाथि कारबाहीको पनि माग गरिएको छ ।
ज्ञापनपत्रमा विश्व मगर संघ बेल्जियमका तर्फबाट अध्यक्ष लोक राना र तामाङ समाज बेल्जियमका तर्फबाट राम लामाले हस्ताक्षर गरेका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी