
लन्डन । नेपालका आदिवासी तामाङ, मगर र अल्पसंख्यक समुदायको आन्दोलनमाथि भएको दमनबारे यूकेका संस्थाहरूले पनि धारणा अघि सारेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) यूकेले राज्यले समुदायको आन्दोलनमा गरेको दमनको निन्दा गर्दै अमानवीय हर्कत भएको बताएको छ ।
बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर शुभकामना सन्देशसँगै प्रेस वक्तव्य जारी गर्दै नेफिन यूके अध्यक्ष कमानसिङ (कर्म पहाडी) शेर्पाले आदिवासी तामाङ र मगर समुदायको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । उनले अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिले समुदायको आत्मसम्मान र साँस्कृतिक मान्यतामा आघात पुगेको जनाएका छन् । गत साउन १७ र २२ गते भएको प्रदर्शनीमा निर्मम दमन गर्ने, अभियन्ताहरूलाई पक्राउ गर्ने, हिरासतमा यातना दिने, महिलाहरूमाथि दुर्व्यवहार गर्ने कार्यको समेत विरोध गरेका छन् । नेफिन यूकेले अधिवक्ता पाण्डेलाई पक्राउ गर्न र आन्दोलनमाथि दमनको नेतृत्व गर्ने एसएसपी दानबहादुर कार्की लगायतका अधिकृतलाई निलम्बन गर्न समेत माग गरेको छ ।
नेफिन यूकेले प्रदेश नम्बर एकको पुनः नामाङकन आन्दोलनमा समेत ऐक्यबद्धता जाहेर गर्दै प्रदेशहरूको नाम पहिचानका आधारमा पुनः नामकरण हुनुपर्ने माग गरेको छ ।
यस्तै, लिम्बुवान नागरिक समाज यूकेले समेत मगर, तामाङ र मुस्लिम समुदायको आन्दोलनमा भएको दमनलाई अलोकतान्त्रिक र अमानवीय कामको संज्ञा दिएको छ । समाजका अध्यक्ष छत्र वनेम र सचिव लाहाङ चेम्जोङले विज्ञप्ति जारी गर्दै आन्दोलनरत समुदायको माग तत्काल सम्बोधन गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । उसले आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिएर लोकतन्त्र र मानवअधिकारको खिलापमा गएको बताएको छ ।
गत साउन ७ गते प्राइम टेलिभिजनमा एक अन्तर्वार्ता दिँदै अधिवक्ता पाण्डेले आदिवासी तामा, मगर र अन्य सिमान्तकृत समुदायको वैवाहिक संस्कारविरुद्ध अभिव्यक्ति दिएका थिए । जसले सम्बन्धित समुदायहरूलाई आन्दोलित बनाएपछि उजुरी दिएका थिए । उजुरी दिएपनि प्रहरीले पक्राउ नगरेपछि आन्दोलनकारीहरू साउन १७ गते टेकु प्रहरी परिसरअघि विरोध प्रदर्शनमा उत्रँदा व्यापक दमन भएको थियो । जुन कार्यको धेरै क्षेत्रबाट विरोध भएको थियो ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै