
लण्डन । गुरुङ सोसाइटी केन्ट यूकेले १६ औं वार्षिक ग्रीष्मकालीन भेटघाट तथा समर बीबीक्यू कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार (२२ जुलाई) का दिन समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङको अध्यक्षतामा केन्टको गोडमर्साम एण्ड क्रन्डनडेल भिलेजमा सो कार्यक्रम भएको थियो ।
मौसमले साथ नदिए पनि कार्यक्रम थप आकर्षक बनाउन विगत वर्षहरुमा जस्तै विभिन्न खेलकुद तथा नाचगान समावेश गरिएको थियो । उक्त कार्यक्रम सहज हुने गरी कार्यसमितिका सदस्यहरुलाई जिम्मेवारी बांडफांड गरिएको थियो । जसअनुसार टिकट बिक्रीमा कोषाध्यक्ष क्याप्टेन भीष्मराज गुरुङ, उमा गुरुङ र सुनिता गुरुङ, खाना तथा बीबीक्यू ब्यवस्थापनमा शेर गुरुङ, खेलकुद तथा छेलो प्रतियोगितामा मान गुरुङ, होम गुरुङ र गणेश गुरुङ, राफल ड्रमा लेडिज कोअर्डिनेटर तारादेवी गुरुङ र उदयहीरा घलेले जिम्मेवारी लिएका थिए भने खाना तथा बीबीक्यू ब्यवस्थापनमा गोर्खा भिल्ला रेस्टुरेन्ट, साउण्ड सिस्टममा बि.सी. राई, फोटो अनि भिडियोमा होम गुरुङ र गोलमान गुरुङले जिम्मेवारी वहन गरेका थिए ।
केन्टबासी गुरुङहरुले हरेक वर्ष छेलो हान्ने प्रतियोगिता निरन्तर रुपमा आयोजना गर्दै आएका छन् । यस वर्षको छेलो हान्ने प्रतियोगितामा आशफोर्ड निवासी शेर गुरुङले भेट्रान समूहमा र युवातर्फ आशफोर्ड निवासी सुलभ श्रेष्ठले उपाधि जिते । दर्जनौं प्रतियोगीलाई उछिन्दै प्रथम उपाधि जित्ने दुवै समूहका विजेतालाई अध्यक्ष गुरुङले फेटा र अबिर लगाई पुरस्कारसहित खादा लगाई बधाई दिए ।
कार्यक्रम थप रोचक बनाउन नेपालबाट आएका चर्चित लोकदोहोरी गायक शिव हमालले एकदमै मीठो गीतहरु गाएर सबैलाई धुमधामसँग नचाए ।
औपचारिक कार्यक्रममा नयाँ आजिवन सदस्यहरुलाई खादा लगाई स्वागत गरिएको थियो । साथै नेपालदेखि बेलायत छुट्टीमा आएका पीम गुरुङ र सुबास घलेलाई पनि स्वागत सम्मान गरिएको थियो ।
औपचारिक कार्ययक्रमको अन्तमा उपस्थित सबैलाई संस्थाका अध्यक्ष क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङले धन्यवाद दिए ।
आकर्षक पुरुस्कारहरु रहेको ‘राफल ड्र’ ले पनि कार्यक्रममा रौनकता थप्यो । राफल ‘ड्र’ को प्रथम पुरस्कार क्याप्टेन रामप्रसाद गुरुङले गरेका थिए भने अन्य पुरस्कारहरू विभिन्न ब्यक्तिले प्रायोजन गरेका थिए ।
औपचारिक कार्यक्रमको सञ्चालन महासचिव तोरण गुरुङले गरेका थिए भने स्वागत मन्तब्य प्रथम उपाध्यक्ष गोलमान गुरुङले गरेका थिए । सांस्कृतिक कार्यक्रममा युवा नानीबाबुहरु क्रमशः संस्कृति लारा गुरुङ, निक्छेन गुरुङ, ग्रिसम गुरुङ र समिप्ट लारा गुरुङको मनमोहक नृत्यले उपस्थित सबैको मन जितेको थियो ।
ग्रीष्मकालीन भेटघाट तथा समर बीबीक्यू कार्यक्रमको अन्तमा वृद्ध बाबाआमादेखि युवा सम्म सबै सहभागीले नाचेर भरपूर मनोरन्जन लिए ।

बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण