लण्डन । प्रधानमन्त्री छँदा संसदलाई ढाँटेको अभियोगमा संसदीय समितिबाट छानबिन भइरहेको अवस्थामा बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले शुक्रबार अचानक सांसद पदबाट राजिनामा दिएका छन् ।
करिब १ हजार शब्द लामो राजिनामा पत्रमा उनले संसदको प्रिभिलेज्ड कमिटीमाथि आफूलाई संसदबाट हटाउन लागि परेको गम्भीर आरोप लगाएका छन् । उनले सो समितिलाई एक पक्षीय अदालत (कंगारु कोर्ट) को संज्ञा दिएका छन् ।
सो समितिको संयोजकमा प्रतिपक्षी लेबर पार्टीकी ह्यारियट हरम्यान भए पनि बहुमत सदस्यहरु भने सत्तारुढ दल कन्जरभेटिभका छन् ।
समितिले अन्तिम प्रतिवेदन सार्वजनिक गरिसकेको छैन तर जोन्सनले प्रतिवेदनको प्रति हेरेपछि राजिनामा दिएको बुझिएको छ ।
जोन्सनमाथि कोरोना महामारीका बेला बेलायती संसदलाई ढाँटेको गम्भीर आरोप लागेको थियो र समितिले यसबारेमा छानविन गरेको हो ।
कोरोना महामारीमा बेलायत सरकारको कदमलाई लिएर अलग्गै छानविन समिति पनि गठन भएको छ र सो समितिले काम अगाडि बढाइरहेको छ ।
बेलायतका सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र राम्रै प्रभाव राख्ने पूर्व प्रधानमन्त्री जोन्सनको राजिनामा घोषणाले पार्टी र बेलायती राजनीतिमा तरंग ल्याएको छ ।
अब उनको निर्वाचन क्षेत्रमा चाँडै उपनिर्वाचन हुनेछ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन