
लण्डन । बेलायतका युवाहरुमाझ चर्चित टेलिभिजन कार्यक्रम लभ आइल्याण्डमा नेपाली मूलकी युवती रुचि गुरुङले प्रवेश पाएकी छिन् ।
आइटिभीबाट प्रसारण हुने सो कार्यक्रममा किशोर किशोरीले पार्टनर रोज्ने मौका पाउँछन् र अन्तिमसम्म रहनेले विजेताको उपाधि पाउने गर्छन् ।
सो कार्यक्रममा हजारौँ युवा युवतीहरु भाग लिन इच्छा राख्ने गरेका छन् । संयोगले सो भीडमा नेपाली मूलकी रुचि गुरुङले मौका पाएकी छिन् ।
उनी पाइलट पिता र नेल आर्टिष्ट आमाकी छोरी हुन् । नेपालमा जन्मिएकी रुचि बाल्यवस्थामा बेलायत आएकी थिइन् । २४ वर्षीया उनी पनि अहिले व्यूटीसियन पेशामा आवद्ध छिन् ।
बेलायतको सटनमा आमासित उनी बस्दै आएकी छिन् भने उनका पिता नेपालमै पाइलटका रुपमा कार्यरत रहेका छन् । उनी समय समयमा छुट्टी मिलाएर परिवारलाई भेट्न बेलायत आउने गर्छिन् ।
परिवारको एक्ली सन्तान रुचिको युवाहरुबीच लोकप्रिय यस कार्यक्रममा प्रवेशले पक्कै पनि सो कार्यक्रम हेर्ने युवावर्गमा नेपालको बारेमा जानकारी पुग्ने विश्वास गर्न सकिन्छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण