
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले गत डिसेम्बरदेखि गुम्बामा रहँदै आएका आर्ट लामा खैबा तीर्थ गुरुङलाई बिदाई गरेको छ ।
गत शुक्रबार २६ मेका दिन उनलाई बीसीसी युकेका धर्म गुरुहरु टुल्कु जिग्मे सामतेन, खेन्पो फुर्तेम्बा, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला (इन्द्र) गुरुङलगायत कार्यसमितिका पदाधिकारी, पूर्व अध्यक्षहरु, सल्लाहकार, आमाहरु, भक्तजनहरुलगायतले खादा लगाई बिदाई गरिएको हो ।
उक्त बिदाई कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले खैबा तीर्थ गुरुङले आफ्नो छोटो बसाईमा बीसीसी युकेलाई दिएको अमूल्य समयको प्रसंशा गर्दै धन्यवाद दिएका थिए । अत्यन्त सरल स्वभावका खैबा तीर्थ गुरुङले बीसीसी युकेको अल्डरसटस्थित गुम्बाको मेडिटेशन हलमा पंच बुद्धको चिन्ह, स्वर्ण चक्र, अष्ट पूजा देवीको चित्रहरु कोरेका थिए । जुन चित्रको सबै सहभागीहरुले समेत खुलेर प्रसंशा गरे ।
सो अवसरमा खैबा तीर्थ लामाले बीसीसी युके परिवारले दिएको मायाको प्रसंशा गर्दै आपूmलाई भक्तजनहरुको सेवा गर्ने अवसर दिएकोमा अध्यक्षलगायत गुम्बा परिवारलाई धन्यवाद दिए ।
सेचन गुम्बा बौद्ध काठमाडौंमा कार्यरत खैबा तीर्थ गुरुङ बीसीसी युकेको निमन्त्रणामा दोस्रोपटक बेलायत आएका थिए । पाँच महिनाको बेलायत बसाइपश्चात उनी नेपाल फर्किन लागेका हुन् ।
उक्त कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ्ग, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ,उपाध्यक्ष क्याप्टेन देव घले, महासचिव मेजर हितमान गुरुङ, आमा सचिव शारदा गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त बिदाई कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।
त्यस्तै, गत शनिबार २७ मे का दिन बीसीसी युके परिवार, भक्तजन, आफन्तजन र आमाहरुले गुम्बा र हिथ्रो एयरपोर्टबाट उनलाई बिदाई गरे ।

पोखरा विमानस्थल अनियमितता प्रकरणमा नेपाली कांग्रेस नेतासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालको समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, को को छन् ?
नेपालकी स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत