
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले गत डिसेम्बरदेखि गुम्बामा रहँदै आएका आर्ट लामा खैबा तीर्थ गुरुङलाई बिदाई गरेको छ ।
गत शुक्रबार २६ मेका दिन उनलाई बीसीसी युकेका धर्म गुरुहरु टुल्कु जिग्मे सामतेन, खेन्पो फुर्तेम्बा, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला (इन्द्र) गुरुङलगायत कार्यसमितिका पदाधिकारी, पूर्व अध्यक्षहरु, सल्लाहकार, आमाहरु, भक्तजनहरुलगायतले खादा लगाई बिदाई गरिएको हो ।
उक्त बिदाई कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले खैबा तीर्थ गुरुङले आफ्नो छोटो बसाईमा बीसीसी युकेलाई दिएको अमूल्य समयको प्रसंशा गर्दै धन्यवाद दिएका थिए । अत्यन्त सरल स्वभावका खैबा तीर्थ गुरुङले बीसीसी युकेको अल्डरसटस्थित गुम्बाको मेडिटेशन हलमा पंच बुद्धको चिन्ह, स्वर्ण चक्र, अष्ट पूजा देवीको चित्रहरु कोरेका थिए । जुन चित्रको सबै सहभागीहरुले समेत खुलेर प्रसंशा गरे ।
सो अवसरमा खैबा तीर्थ लामाले बीसीसी युके परिवारले दिएको मायाको प्रसंशा गर्दै आपूmलाई भक्तजनहरुको सेवा गर्ने अवसर दिएकोमा अध्यक्षलगायत गुम्बा परिवारलाई धन्यवाद दिए ।
सेचन गुम्बा बौद्ध काठमाडौंमा कार्यरत खैबा तीर्थ गुरुङ बीसीसी युकेको निमन्त्रणामा दोस्रोपटक बेलायत आएका थिए । पाँच महिनाको बेलायत बसाइपश्चात उनी नेपाल फर्किन लागेका हुन् ।
उक्त कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ्ग, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ,उपाध्यक्ष क्याप्टेन देव घले, महासचिव मेजर हितमान गुरुङ, आमा सचिव शारदा गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त बिदाई कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।
त्यस्तै, गत शनिबार २७ मे का दिन बीसीसी युके परिवार, भक्तजन, आफन्तजन र आमाहरुले गुम्बा र हिथ्रो एयरपोर्टबाट उनलाई बिदाई गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा