
लण्डन । बेलायत सरकारको आप्रवासीप्रति कडा नीतिका वावजुद गत वर्ष आप्रवासीको संख्या उच्च रहेको पाइएको छ ।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय (अफिस फर न्यानशल स्ट्याटिटिक्स) का अनुसार गत वर्ष ६ लाख ६ हजार मानिस बेलायत आएका छन् ।
जसमा युक्रेनबाट आउनेको संख्या १ लाख १४ हजार रहेको छ भने हङकङबाट आउनेको संख्या ५२ हजार रहेको बताइएको छ ।
युरोपियन युनियनभित्रका देशका नागरिकहरू बेलायत आउनेभन्दा बेलायतबाट फर्किनेहरूको संख्या ठूलो छ भने युरोपियन मुलुकबाहिरबाट बेलायत आउनेको संख्या भने बढ्दो छ ।
सोही अवधिमा ३७ हजार ९४८ मानिसहरूलाई बेलायतबाट डिपोट गरिएको छ ।
सन २०१० मा कन्जरभेटिभ नेतृत्वको सरकार आएपछि आप्रवासीको संख्या कटौतीलाई मुख्य अजेण्डा बनाएको थियो तर त्यसयता हरेक वर्ष सरकारको अपेक्षाभन्दा धेरै मानिसहरू बेलायत आइरहेका छन् ।
वर्तमान प्रधानमन्त्री ऋषि सुनकले आफ्ना पाँच प्राथमिकतामा आप्रवासीको संख्या घटाउने पनि राखेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन