
लण्डन । बेलायतमा गत वर्ष आकाशिएको ग्याँस र बिजुलीको मूल्य अन्तत घट्ने भएको छ ।
बेलायतको उर्जासम्बन्धी नियामक निकाय अफजेमले विहीबार गरेको घोषणा अनुसार जुलाईदेखि सामान्य घरायसी प्रयोगको ग्याँस तथा बिजुलीको मूल्य वार्षकि २ हजार ७४ पाउण्डरहेको छ ।
तीन महिनाअघि सो मूल्य ३ हजार २८० पाउण्ड तोकिएको थियो तर त्यसमा सरकारले हस्तक्षेप गरी २ हजार ५०० पाउण्ड कायम गरेको थियो ।
नयाँ मूल्यअनुसार उपभोक्ताहरूले प्रतिमहिना गत वर्षको दाँजोमा ४२६ पाउण्ड कम तिर्नेछन् ।
अफजेमले तय गरेको मूल्य उर्जा उपलब्ध गराउने कम्पनीहरूले ग्राहकहरूलाई लगाउन सक्ने अधिकतम मूल्य हो । अफजेमले प्रतिकिलोवाट प्रतिघण्टा बिजुलीका लागि ३० पेन्स र प्रतिकिलोवाट प्रतिघण्टा ग्याँसका लागि ८ पेन्स मूल्य तोकेको छ । यसअघि सो दर क्रमश ५१ पेन्स र १३ पेन्स रहेको थियो ।
नयाँ मूल्यले उपभोक्तालाई केही राहत दिए पनि सन् २०२१ को तुलनामा अझै उर्जाको मूल्य ६० प्रतिशत उच्च रहेको छ ।
रसियाले युक्रेनमाथि आक्रमण गरेपछि उर्जाको मूल्यमा ज्यामितीय वृद्धि भएको थियो । अहिले उर्जाको होलसेल मूल्यमा कटौती भएपछि अफजेमले नयाँ मूल्य सार्वजनिक गरेको हो ।
अफजेमले सन् २०१८ देखि उर्जाको मूल्य तोक्ने गरेको छ र हरेक तीन/ तीन महिनामा थोक मूल्यमा आउने उतारचढाव हेरी मूल्य निर्धारण गर्ने गरेको छ । गत वर्ष उर्जाको मूल्य उच्च हुँदा अफजेमले उपभोक्ताको पक्षमा निर्णय नगरेको आरोप पनि लागेको थियो ।
बेलायत सरकारले उर्जाको मूल्य उच्च भएपछि गत वर्षको अक्टोबरबाट राज्यकोषबाट सहुलियत उपलब्ध गराउँदै आएको छ । जसबाट सरकारलाई २९.४ बिलियन पाउण्ड भार परेको बताएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त