
लण्डन । गोरखा सैनिकहरुलाई आकर्षक प्रतिफलको आशा देखाएर लगानी गर्न लगाउने नक्कली व्यापारिक योजनाका योजनाकारलाई बेलायतको अदालतले दोषी ठहर गरेको छ ।
क्यापिटल वर्ल्ड मार्केट्सका सन्चालक ४१ वर्षीय एन्थोनी कोस्टानटिनुलाई सोमबार बेलायतको सदक क्राउन अदालतमा जुरीले दोषी ठहराएको हो ।
उनले नेपाली मूलका गोरखाहरुसहित विभिन्न लगानी कर्ताहरूबाट ७० मिलियन पाउण्ड उठाएका थिए । उनलाई ठगीलगायतका सात वटा अभियोगहरूमा दोषी ठहराइएको छ ।
उनले गोरखा सैनिकहरूलाई मासिक पाँच प्रतिशत लाभ दिने योजना ल्याएका थिए । तर उनको कार्यालयमा सिटी अफ लण्डन प्रहरीले छापा मार्दा ठगी धन्धा गरेको पाइएको थियो ।
शुरुमा अदालतमा भएका सुनुवाइमा कोस्टानटिनु उपस्थित हुने गरे पनि केही समयपछि नै सम्पर्कविहीन भएका थिए । उनको प्रतिनिधित्व उनका वकिलले गर्दै आएका छन् भने उनी विरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरिएको छ ।
उनलाई जुन ९ मा सजायँ तोकिने बताइएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन