
लन्डन । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा निर्माण गर्ने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन नेपालका चर्चित मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला बेलायत आउन लागेका छन्।
शनिबार एक भर्चुएल अन्तरक्रियालाई सम्बोधन गर्दै उनले त्यस्तो जानकारी दिएका हुन्। उनी जुलाई महिनाको दोश्रो साता बेलायत आउने कार्यक्रम रहेको बताइएको छ।
डा. कोइरालाले गएको नेपालमा १५-२० वर्षमा बाल स्वास्थ्य सेवा प्रवाहमा सुधार भएता पनि त्यस्तो सेवा राजधानीमा मात्रै सीमित रहेको र बालबालिकाको ज्यान जोगाउन देशभरि नै गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक भएकाले साथीहरुसंग मिलेर आफुले यो अभियान शुरु गरेको बताए। ‘कोशी प्रदेशको जनसंख्या झन्डै ५० लाख छ, त्यसमध्ये बालबालिकाको संख्या झन्डै २० लाख छ। सिङ्गै प्रदेशमा एउटा पनि बाल अस्पताल नभएकाले हाम्रो संस्थाको पहलमा दमकमा बाल अस्पताल निर्माण गरी सेवा पनि शुरु भै सकेको छ,’ डा कोइरालाले भने। ‘उक्त अस्पतालका लागि झन्डै २० करोड रुपियाँ सहयोग जुटीसकेको छ र सहयोग आउने क्रम जारी छ। सबै सहयोगी मनहरुलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं।‘
डा कोइरालाले काठमाडौँको हेपाली हाइटमा पनि सबै नेपालीको पहुँच हुन सक्ने एउटा सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने काम अगाडी बढिरहेको र अन्य प्रदेशहरुमा पनि बाल अस्पताल निर्माणका लागि कुराकानी भैरहेको बताए। ‘सरकारले मात्रै यो काम सम्पन्न गर्न सक्दैन। उसका अरु प्राथमिकताहरु पनि छन्। त्यसैले नेपालभित्र र संसारभरि रहनु भएका नेपालीहरुलाई मन खोलेर सहयोग गर्न म आग्रह गर्दछु,’ उनले भने। सहयोगको रकम दुरुपयोग नहुने र एक-एक पैसाको हिसाब किताब सार्वजनिक गरिने पनि डा कोइरालाले बताए।
नेप्लिज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष तथा डा कोइरालाका सहपाठी डा रमेश कोजुले डा कोइरालासंगै प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतलाई पनि बेलायत निम्त्याउने तयारी भै रहेको बताए। उनले बेलायतमा कार्यरत नेपाली चिकित्सक तथा नर्सहरु आफुले सिकेको सीप नेपाल र नेपालीको हितमा उपयोग गर्न इच्छुक रहेको पनि जनाए।
उक्त भर्चुयएल बैठकको संयोजन गरेका बेलायतस्थित समाजसेवी शिवजी श्रेष्ठले नेपालमा विपन्न बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी अमूल्य जीवन जोगाउने यो अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गरे। उनले बेलायतस्थित सबै नेपाली संघसंस्था तथा नेपाली समुदायलाई यो अभियानलाई सक्दो सहयोग गर्न आग्रह पनि गरे।
बेलायतमा दर्ता भएको कल्याणकारी संस्था, हेल्थ एक्सचेन्ज नेपाल, का संस्थापक प्रा सत्यन राजभण्डारीले नेपालमा सबैको पहुँचमा स्वास्थ्य सेवा पुराउन हातेमालो गर्नुपर्ने बेला आएको बताए। उनले डा कोइराला र साथीहरुले शुरु गरेको बाल अस्पताल निर्माण अभियानलाई यो लिंकमा गएर सक्दो सहयोग गर्न अपिल पनि गरे।
उक्त अन्तरक्रियामा बेलायतस्थित नेपाली दूतावासकी उप नियोग प्रमुख रोशन खनाल लगायत बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति थियो।
डा कोइरालाको बेलायत भ्रमण सम्बन्धी थप जानकारी छिट्टै सर्वजनिक गरिने बताइएको छ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान