
लन्डन । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा निर्माण गर्ने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन नेपालका चर्चित मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला बेलायत आउन लागेका छन्।
शनिबार एक भर्चुएल अन्तरक्रियालाई सम्बोधन गर्दै उनले त्यस्तो जानकारी दिएका हुन्। उनी जुलाई महिनाको दोश्रो साता बेलायत आउने कार्यक्रम रहेको बताइएको छ।
डा. कोइरालाले गएको नेपालमा १५-२० वर्षमा बाल स्वास्थ्य सेवा प्रवाहमा सुधार भएता पनि त्यस्तो सेवा राजधानीमा मात्रै सीमित रहेको र बालबालिकाको ज्यान जोगाउन देशभरि नै गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक भएकाले साथीहरुसंग मिलेर आफुले यो अभियान शुरु गरेको बताए। ‘कोशी प्रदेशको जनसंख्या झन्डै ५० लाख छ, त्यसमध्ये बालबालिकाको संख्या झन्डै २० लाख छ। सिङ्गै प्रदेशमा एउटा पनि बाल अस्पताल नभएकाले हाम्रो संस्थाको पहलमा दमकमा बाल अस्पताल निर्माण गरी सेवा पनि शुरु भै सकेको छ,’ डा कोइरालाले भने। ‘उक्त अस्पतालका लागि झन्डै २० करोड रुपियाँ सहयोग जुटीसकेको छ र सहयोग आउने क्रम जारी छ। सबै सहयोगी मनहरुलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं।‘
डा कोइरालाले काठमाडौँको हेपाली हाइटमा पनि सबै नेपालीको पहुँच हुन सक्ने एउटा सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने काम अगाडी बढिरहेको र अन्य प्रदेशहरुमा पनि बाल अस्पताल निर्माणका लागि कुराकानी भैरहेको बताए। ‘सरकारले मात्रै यो काम सम्पन्न गर्न सक्दैन। उसका अरु प्राथमिकताहरु पनि छन्। त्यसैले नेपालभित्र र संसारभरि रहनु भएका नेपालीहरुलाई मन खोलेर सहयोग गर्न म आग्रह गर्दछु,’ उनले भने। सहयोगको रकम दुरुपयोग नहुने र एक-एक पैसाको हिसाब किताब सार्वजनिक गरिने पनि डा कोइरालाले बताए।
नेप्लिज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष तथा डा कोइरालाका सहपाठी डा रमेश कोजुले डा कोइरालासंगै प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतलाई पनि बेलायत निम्त्याउने तयारी भै रहेको बताए। उनले बेलायतमा कार्यरत नेपाली चिकित्सक तथा नर्सहरु आफुले सिकेको सीप नेपाल र नेपालीको हितमा उपयोग गर्न इच्छुक रहेको पनि जनाए।
उक्त भर्चुयएल बैठकको संयोजन गरेका बेलायतस्थित समाजसेवी शिवजी श्रेष्ठले नेपालमा विपन्न बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी अमूल्य जीवन जोगाउने यो अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गरे। उनले बेलायतस्थित सबै नेपाली संघसंस्था तथा नेपाली समुदायलाई यो अभियानलाई सक्दो सहयोग गर्न आग्रह पनि गरे।
बेलायतमा दर्ता भएको कल्याणकारी संस्था, हेल्थ एक्सचेन्ज नेपाल, का संस्थापक प्रा सत्यन राजभण्डारीले नेपालमा सबैको पहुँचमा स्वास्थ्य सेवा पुराउन हातेमालो गर्नुपर्ने बेला आएको बताए। उनले डा कोइराला र साथीहरुले शुरु गरेको बाल अस्पताल निर्माण अभियानलाई यो लिंकमा गएर सक्दो सहयोग गर्न अपिल पनि गरे।
उक्त अन्तरक्रियामा बेलायतस्थित नेपाली दूतावासकी उप नियोग प्रमुख रोशन खनाल लगायत बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति थियो।
डा कोइरालाको बेलायत भ्रमण सम्बन्धी थप जानकारी छिट्टै सर्वजनिक गरिने बताइएको छ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय