
इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ ।
महिनौँ लामो राजनीतिक सङ्कटपछि उहाँको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरलाई उहाँको हत्याको षड्यन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि उहाँलाई पक्राउ गरिएको हो ।
खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका अधिकारीहरूले उहाँलाई पक्राउ गरेपछि समर्थकहरूलाई सडकमा आउन आग्रह गरेका थिए तर प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ ।
आन्दोलनका लागि पार्टीले गरेको आग्रहसँगै पीटीआई समर्थकहरूले राजधानी इस्लामाबाद, लाहोर र पेशावरसहित देशभरका शहरहरूमा भेला भएर सडक अवरुद्ध गरेका थिए ।
“इमरान खानलाई कादिर ट्रस्ट प्रकरणमा पक्राउ गरिएको छ,” इस्लामाबाद प्रहरीको आधिकारिक ट्विटर अकाउन्टले भ्रष्टाचारको मुद्दालाई उद्धृत गर्दै भनेको छ ।
स्थानीय टिभी च्यानलमा प्रसारित भिडियोमा गत वर्ष हत्या प्रयासका क्रममा गोली लागेर घाइते भएका खानलाई इस्लामावाद उच्च अदालत परिसरभित्र अर्धसैनिक रेन्जरले बख्तरबन्द कारमा हातपात गरेको देखिएको छ ।
पीटीआईका अधिवक्ता अली बुखारीले भन्नुभयो, “जब हामी अदालतको बायोमेट्रिक कक्षमा उपस्थित हुन पुग्यौं, दर्जनौं रेन्जरहरूले हामीमाथि आक्रमण गरे ।”
“उनीहरूले उहाँलाई कुटपिट गरे र घिसार्दै बाहिर निकाले,” अधिवक्ता बुखारीले एएफपीसँग भन्नुभयो ।
उहाँलाई कहाँ लगिएको हो भन्नेबारे तत्काल केही खुल्न सकेको छैन ।
खानको हत्याको षडयन्त्र रचेको आरोप लगाएपछि सेनाले उहाँलाई ‘आधारहीन आरोप’ नलगाउन चेतावनी दिएको एक दिनपछि खानलाई पक्राउ गरिएको हो ।
सन् २०१८ मा सत्तामा उहाँको उदयलाई समर्थन गर्ने तर गत वर्ष उहाँलाई सत्ताच्युत गर्ने संसदको अविश्वासको प्रस्तावअघि समर्थन फिर्ता लिएको शक्तिशाली सेनासँग खानको सम्बन्ध कति बिग्रिएको छ भन्ने कुरा सोमबार अबेर रातिको घटनाले स्पष्ट पारेको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]