
काठमाडौँ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नामुद अर्थशास्त्री डा स्वर्णीम वाग्लेलेले नेपाली काँग्रेस छोडेका छन् ।
वाग्लेले विहीबार सामाजिक सन्जालमा एक सन्देश जारी गर्दै २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको काँग्रेससितको आफ्नो संलग्नता टुङ्ग्याएको घोषणा गरेका छन् ।
सन्देशमा उनले पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको उल्लेख गरेका छन्। विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुवैले दिएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व महसुस गरेको तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको उनको ठहर छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको तीखो आलोचना पनि उनले गरेका छन्।
अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने धारणा उनले राखेका छन् । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने उनले जानकारी दिएका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय निकायमा काम गरिसकेका वाग्ले केही वर्षदेखि नेपाल फर्किएका छन् । उनी गत निर्वाचनमा नेपाली काँग्रेसबाट चुनाव लड्ने आशमा थिए तर उनलाई शेरबहादुर देउवाले टिकट नदिएको आरोप लाग्दै आएको छ । अब वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव लड्ने आँकलन गरिएको छ । रास्वपाका महामन्त्री डा मुकुल ढकालले वाग्लेलाई तनहुँ २ बाट उठाउन खोजिएको बताइसकेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]