
काठमाडौँ । विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहिद सात जनालाई कैद र जरिवाना हुने ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले यही फागुन १६ गते भृकुटीमण्डपको जग्गामा भ्रष्टाचार भएको ठहर गरेको थियो । त्यस प्रकरणका दोषीलाई आज सजाय निर्धारण भएको हो ।
भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा समाज कल्याण परिषद्लाई रू २० करोडभन्दा बढी भ्रष्टाचार गरेको ठहर अदालतले गरेको छ । अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईका अनुसार पूर्वमन्त्री न्यौपानेलाई नौ वर्ष कैद र रू दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन जरिवाना, रू दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन बिगो र थप छ महिना कैद सजाय निर्धारण भएको छ ।
पूर्वमन्त्री टेकबहादुर गुरुङलाई मतियार ठहर गर्दै रू एक करोड २१ लाख, ८४ हजार चार सय एक जरिवानाको सजाय निर्धारण भएको छ ।
सातै जनालाई रू दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन जरिवाना, रू दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन बिगो तोकिएको भए पनि फरक फरक कैद सजाय तोकिएको छ ।
प्रमोद मेहतालाई आठ वर्ष छ महिना कैद, हरिप्रसाद न्यौपानेलाई आठ वर्ष कैद, नुमराज शर्मालाई आठ वर्ष कैद, मदनकुमार लाल कर्णलाई आठ वर्ष कैद र रवीन्द्रकुमार यादवलाई आठ वर्ष छ महिना कैद रहेको छ । कुञ्जबिहारीप्रसाद चौधरीलाई कैद छैन ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने